राष्ट्रिय सरोकार तथा समन्वय समितिमा महालेखापरीक्षक सँगको छलफल • Nepal's Trusted Digital Newspaperराष्ट्रिय सरोकार तथा समन्वय समितिमा महालेखापरीक्षक सँगको छलफल • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • राष्ट्रिय सरोकार तथा समन्वय समितिमा महालेखापरीक्षक सँगको छलफल

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा महालेखापरीक्षक सँगको छलफल

  • समाचारपाटी
  • बुधबार, साउन ४, २०७९
राष्ट्रिय सरोकार तथा समन्वय समितिमा महालेखापरीक्षक सँगको छलफल

मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको अवस्थामा वर्षैपिच्छे राज्यका जिम्मेवार निकायको बेरुजु बढनु चुनौतीको विषय भएको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले महालेखापरीक्षक सँगको छलफलमा सांसदहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन । छलफलमा सांसदहरुले बजेट खर्च गर्दा अनियमिता भएकाले नै बेरुजु बढदै गएको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने योजना बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयाे । बैठकमा बोल्दै समिति सदस्य खिमलाल भटटराईले वर्षैपिच्छे हिसावहरु बिग्रँदै जानुको केन्द्रबिन्दु अर्थ मन्त्रालय बन्नु चिन्ताको विषय भएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयका ५९ वटा प्रतिवेदनमा महालेखाले २० वटा सुझाव दिएको अर्थ मन्त्रालयबाट अनियमिता भएको सुन्दा दुःख लागेको बताउनु भयो । सांसद भटटराईले बेरुजु भनेको अनियमिता नै नभए पनि बेरुजुमा भ्रष्टाचार हुने भन्दै बेरुजुको हिसाव मिलान गर्ने काम मात्रै भएकाले अब दण्ड सजायको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै बैठकमा अर्का सांसद गोपी आछामीले आर्थिक संकटतिर देश गइरहेको स्थितिमा सरकारको बेरुजु बढनु चुनौती महशुस भएको बताउनु भयो । उहाँले पछिल्लो समय स्थानीय तहमा बेरुजुको अवस्था व्यापक भएकाले महालेखापरीक्षकको कार्यालयले त्यसलाई व्यवस्थित गर्न योजना बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

त्यस्तै छलफलमा बोल्दै सांसद रामचन्द्र राईले महालेखापरीक्षकको प्रतिवेदनले ६० पतिशत बेरुजु नियमन गर्नुपर्ने देखाएको भन्दै यो दण्डनिय रहेको बताउनु भयो । उहाँले अल्पविकसित र अविकसित मुलुकहरुमा देखापर्ने महारोग नै बेरुजु भएको दाबी गर्नुभयो । सांसद राईले नाम बेरुजु दिएपनि त्यहाँ भ्रष्टाचार भएको जिकिर गर्नुभयो । उहाँले यस्तो बेरुजुलाई नियन्त्रण गर्न नसक्ने हो भने मुलुक कङगाल बन्ने बताउनु भयो । उहाँले महालेखापरीक्षकको कार्यालयले यस्तो बेरुजुलाई वर्गिकरण गरेर कसले कारबाही गर्ने भन्ने कुरा छिनोफानो गर्नुपर्ने बताउनु भयो । सांसद राईले महालेखापरीक्षकहरु लेखापरीक्षण गर्न जाँदा जानकारी दिएर जाँदा सरकारी कार्यालयहरुले सबै व्यवस्थापर्ने भएकाले लेखापरीक्षकहरुको नियन्त्रण गर्न नसक्ने हो भने बेरुजु बढदै जाने बताउनु भयो ।

त्यस्तै सांसद इन्दु कडरियाले यो चुनावी वर्ष भएकाले चुनावलाई लक्षित गरेर आर्थिक वर्ष २०७७÷०७८ को सरकारको बेरुजु धेरै देखाईको जनगुनासो आएको बताउनु भयो । उहाँले यो महालेखा परीक्षक कार्यालयले चुनाव लक्षित बेरुजु देखाएको हो भन्दै प्रश्नसमेत गर्नुभयो । सांसद कडरियाले बेरुजु घटाउनको लागि महालेखापरीक्षक कार्यालयको ठोस योजना आवश्यक देखिएको बताउनु भयो ।

त्यस्तै सांसद अनिता देवकोटाले सरकारी निकाय तथा स्थानीय तहले समेत बजेट फिर्ता नजाओस भनेर असार मसान्तमा खर्च गर्ने र काम प्रभावकारी नहुने भएको बताउनु भयो । उहाँले जेठ १५ मा नै बजेट ल्याउने नीति ल्याएपनि असार अन्तिममा आएर भुक्तानी र खर्च गर्ने प्रवृतिले यस्तो समस्या निम्त्याएको बताउनु भयो । सांसद देवकोटाले महालेखापरीक्षकको अत्याधिक ठूलो प्रतिवेदन आउने भएकाले त्यसलाई पनि पेपर लेस बनाउन सुझाव दिनुभयो ।

त्यस्तै,समितिको छलफलमा महालेखापरीक्षक टंकमणि शर्मा दङगालले महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण प्रतिवेदन स्थानीय तह,प्रदेश र संघीय सबैको छुटटाछुटटै बनाएको बताउनु भयो । उहाँले त्यसरी लेखापरीक्षण गर्दा महानगरपालिकाहरुमा धेरै अनियमिता रहेको देखिएको बताउनु भयो । महालेखापरीक्षक शर्माले बेरुजु तथा अनियमितताका कुरामा संस्थागत वा व्यक्तिगत रुपमा हेर्दा असुल गर्ने व्यक्तिगत र अनियमिता देखिएको सरकारी निकायकै नाममा दर्ज भएको विषय भएको दाबी गर्नुभयो । त्यस्तै महालेखापरीक्षक चुनाव लक्षित गरेर बेरुजु नदेखाएको बताउनु भयो ।

महालेखापरीक्षक शर्माले महालेखारीक्षकले प्रतिवेदनमा देखाएको अनियमितताको कुरा लेखा समितिमा कडाइका साथ एकएक गरेर निगरानी गरे एक÷दुई वर्षमा बेरुजु बढने परिस्थिति कम हुने बताउनु भयो ।

Sequence 01.01 41 05 16.Still3778 Sequence 01.01 42 17 16.Still3781 Sequence 01.01 43 03 01.Still3782 Sequence 01.01 44 49 20.Still3784 Sequence 01.01 47 56 17.Still3786 Sequence 01.01 48 48 14.Still3787

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका