बिबि रोकामगर, पोखरा। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुनुहुने भएकाे छ ।
नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुनुहुनेभएकाे हाे ।
पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मान बहादुर घर्ती (एमबि आस्था) मगरको संयोजकत्वमा मंगलबार बसेको बैठकले पत्रकार मनोज घर्ती मगरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव उमा आले मगरले जानकारी दिनुभयाे ।
उहाँका अनुसार सो पुरस्कार अर्पण आगामी साउन १५ गते पोखराको होटल पौवामा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । सो अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिने आलेमगरले जानकारी दिनुभयाे । पुरस्कृत हुने घर्तीमगर अधिवक्ता समेत हुनुहुन्छ ।
यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर ( नवलपुर), तिलक पुन पुर्जा ( कास्की) , प्रताप राना मगर ( तनहु) र मान बहादुर घर्ती (एमबी आस्था) मगर (कास्की ) पुरस्कृत भईसक्नुभएकाे छ ।