हेमजा । पोखरा महानगरपालिका वडा न २५ वडा कार्यालयले मंगलवार एक कार्यक्रम आयोजना गरी ट्राफिकलाई हिलटेक हस्तान्तरण गरेको छ ।
हिलटेक हस्तान्तरण गर्दै वडा अध्यक्ष मोती तिम्सिनाले मध्यपहाडी लोकमार्गले सेवाको साथमा जोखिम बढेको बताउनुभयाे । उहाँ ले दिनकै ५र६ ओटा दुर्घटना हुने गरेकोमा दु:ख ब्यक्त गर्नुभयाे । हेमजामा ६ स्थानमा २४ ओटा हिलटेक आवश्यक रहेकोमा अहिले २ स्थानको लागि ८ हिलटेक उपलब्ध गराएको वडा अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयाे । वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक महेशकुमार आचार्यले दुर्घटना न्यूनीकरण गर्न आफै सचेत हुनुपर्ने बताउनुभयाे । उहाँले दुर्घटना हुनुको कारण तिब्र गति र मापसे भएको उल्लेख गर्नुभयाे । अस्थायी ट्राफिक पोष्ट बगरका प्रमुख प्रहरी बरिष्ट नायब निरीक्षक मिनबहादुर खड्काले दुर्घटना न्यूनीकरण गर्न हिलटेकले सहज हुने उल्लेख गर्नुभयाे ।
वडा अध्यक्ष मोती तिम्सिनाको अध्यक्ष्यतामा भएको कार्यक्रमको सञ्चालन इश्वरी बाँस्तोलाले गर्नुभएकाे थियाे ।