हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर • Nepal's Trusted Digital Newspaperहिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर

  • समाचारपाटी
  • आइतवार, साउन १, २०७९
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर

 

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आईतवारबाट औपचारिक रुपमा एकीकृत कारोबार शुरु गरेको छ ।

आईतवार काठमान्डौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलोपटक दुई वटा बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार शुरु गरेका हुन । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बीमा समितिले मर्जर स्वीकृति दिएसँगै आइतवारबाट एकीकृत कारोबार शुभारम्भ भएको हो । एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले औपचारिक रुपमा गर्नुभयो । एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुमा अस्वस्थ प्रतिष्पर्धा तथा अहिले कामय रहेको बीमा कम्पनीको पुँजीले बढदै गएको दायित्व वहन गर्न नसक्ने भएकाले बीमा कम्पनीको मर्जर जरुरी भएको बताउनु भयो । उहाँले पछिल्लो समय बीमा कम्पनीहरुले दुई रुपैयाँमा बीमा गर्ने प्रवृत्ति बढेको बताउनु भयो । अध्यक्ष सिलवालले बीमा कम्पनीले पोलिसी बेच्ने तर पोलिसी अनुसार दायित्व वहन गर्न नसक्दा सिंगै बीमाको बजार बदनाम भएको तथा बीमा कम्पनी प्रतिको विश्वसनियतामा कमी भएकोले बीमा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । उहाँले नेपालमा कतिवटा बीमा कम्पनीहरु चाहिन्छ भनेर हालसम्म अध्ययन नै नभएको भन्दै अब बीमा समितिले अध्ययन गर्ने बताउनु भयो । अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले अब नयाँ पोलिसीका साथ शहर केन्द्रित भन्दा जनता र ग्रामिण क्षेत्रमुखी भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले अहिलेको अवस्थालाई हेरेर बीमा क्षेत्रको विकासको लागि निर्जीवन बीमा कम्पनीहरुले २ अर्बको पुँजी बिस्तार जरुरी रहेको बताउनु भयो ।

उहाले भन्नुभयो,‘ बीमा क्षेत्रमा हाम्रो समस्या भनेको पुँजीमा हो । हाम्रो पुँजी एकदमै सानो भयो । बीमा कम्पनीहरुले वहन गर्नुपर्ने दायित्वहरु बढदै गए । त्यो बीचमा दुई कम्पनी बीचको अनैतिक प्रतिष्पर्धाले दुई रुपैयाँमा बीमा गर्न थाल्यौं। हामी सर्भाइव हुनुपर्छ भन्ने पनि छैन । कम्पनीले जसरी भएपनि व्यापार वृद्धि देखाउन मान्यतामा चल्यौं । यसले गर्दा सिङगै बीमाको बजार बदनाम भयो । बीमा कम्पनीहरुले सरकारले बनाएका नीतिहरुलाई मान्छौं भन्नुपर्यो । अब यदी बीमा कम्पनी पुँजी बढाएनौ भने कम्पनीले दायित्व लिन सक्दैन । कम्पनीले एक्सपलान पनि दिन सक्दैन । कम्पनीले कुनै काम गर्न सक्दैन । अहिलेको अवस्थामा बीमा कम्पनीको पँुजीको साइज बढाएपछि पाँच वर्ष अगाडि बनाएको १ अर्बको पुँजी बन्छ । त्यस कारणले अहिले निर्जीवन बीमा कम्पनीहरुले २.५ अर्बको पुँजी बिस्तार बनाउनु पर्यो । बीमा गराउनको लागि स्थानीय सरकारलाई कम्पनीले समात्नुपर्छ । एउटा स्थानीय सरकारले भूगोल भित्रका जनताको दुर्घटना बीमा गर्नसक्छ । पहिला समस्यासँग ठोकिने भनेको स्थानीय सरकारसँग हो । आफ्नो भुगोलका जनताको सुरक्षा गर्ने काम स्थानीय सरकारको हुन्छ । बीमा कम्पनीहरुले बीकमहरुलाई सेवा सुविधाले बाँध्नुपर्छ ।’

अध्यक्ष सिलवालले सरकारले नै बीमा नबुझेको आरोप लगाउनु भयो । उहाँले सरकारले बीमा नबुझेको अवस्थामा साधरण जनताले बीमा कसरी बुझने भन्दै प्रश्न गर्नुभयो । अध्यक्ष सिलवालले सरकार र सरकारले गरेका अहिलेसम्मको लगानीको बीमा नभएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा बजेटको विषयमा धेरै कुराहरु समावेश भएर आएको र राष्ट्रिय बीमा नीति समेत मन्त्रालयमा ड्राफट बनाएर दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो सरकारले बीमा बुझेन । बीमाका विषयमा सरकारले कुरा बुझेको छैन । जनताले के कुरा बुझछन । सरकारको कुनै सम्पती र सरकार आफ्नै बीमा गरेको छैन । सरकारले गर्ने कुनैपनि लगानीको बीमा छैन । प्रभावकारी बीमा भएन बीमा यस्तो होरे भन्न मिल्छ । यो विषयमा सरकारलाई धेरै फलो गरेपछि यो वर्षको बजेटमा प्राप्त मात्रामा बीमाको विषयमा समावेश भएको छ । बिस्तार सरकारको पनि बीमा प्रति विस्वास बढदै गएको छ । सबै क्षेत्रमा राष्ट्रिय नीति छ तर बीमाको थिएन । अहिले हामीले ड्राफट गरेर दिएका छौं । अब राष्ट्रिय बीमा नीतिले सबै सरकारलाई समेत समेटने छ । अहिले प्रतिनिधि सभामा पेस भएको बीमा ऐन बसेको छ ।’

कार्यक्रममा बोल्दै हिमालयन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर साहले बीमा कम्पनीहरुले पुँजी वृद्धि गरेर मर्जरमा जाँदा बीमालाई सुधार र बीमाको उचाई बढाउने दाबी गर्नुभयो ।

हिमालयन र एभरेष्ट दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए । बीमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुई संस्थाको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पती र दायित्वहरु नयाँ बन्ने संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सले स्वीकार्ने गरी गत असार २३ गते स्वीकृति प्राप्त भएको थियो । दुवै बीमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएकोमा एमओयुमा हस्ताक्षर भएको थियो । मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

 

marjar2 marjar3 marjar4 marjar5 marjar6

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका