अमृत साईन्स क्याम्पसमा शुल्क समायोजनको माग राख्दै विद्यार्थीहरुले प्राणी शास्त्र विभागमा लगाए ताला • Nepal's Trusted Digital Newspaperअमृत साईन्स क्याम्पसमा शुल्क समायोजनको माग राख्दै विद्यार्थीहरुले प्राणी शास्त्र विभागमा लगाए ताला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अमृत साईन्स क्याम्पसमा शुल्क समायोजनको माग राख्दै विद्यार्थीहरुले प्राणी शास्त्र विभागमा लगाए ताला

अमृत साईन्स क्याम्पसमा शुल्क समायोजनको माग राख्दै विद्यार्थीहरुले प्राणी शास्त्र विभागमा लगाए ताला

  • समाचारपाटी
  • आइतवार, साउन १, २०७९
अमृत साईन्स क्याम्पसमा शुल्क समायोजनको माग राख्दै विद्यार्थीहरुले प्राणी शास्त्र विभागमा लगाए ताला

सुदिप अधिकारी,काठमान्डौं । अस्कल (अमृत साईन्स) क्याम्पस काठमान्डौंमा अध्यायनरत जीव विज्ञान स्नातकोत्तर प्रथम वर्ष दोस्रो सत्रका विद्यार्थीहरुले शुल्क समायोजन, प्रयोगात्मक अभ्यास र समयमा फिल्ड नलेगेको लगायतका माग राख्दै प्राणी शास्त्र विभागमा अनिश्चितकालिन ताला लगाएका छन् ।

गत असार ३० गते विभागिय प्रमुखलाइ पत्रचार गरि विद्यार्थीहरुका माग बारे जानकारी गराईएको र वार्ताका लागि नबोलाई वेवास्था गरिएको विद्यार्थीहरुको गुनासो छ । विद्यार्थी आन्दोलनले परिणाम र नतिजा खोज्ने भएकोले विद्यार्थी आन्दोलनलाइ कमजोर नठान्न क्याम्पस प्रमुख र विभागलाइ चेतावनि दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस भएर पनि सेवा सुविधा विना शुल्क केन्द्रीय क्याम्पसको भन्दा दोब्बर लिईएको भन्दै शुल्क समायोजको माग आन्दोलनरत विद्यार्थीहरुले राखेका छन् । अमृत साइन्स क्याम्पस नेपालको पहिलो साईन्स क्याम्पस हो । २०७२ सालको भुकम्पले क्षतविक्षत भएको क्याम्पस रेड लिस्टमा छ यद्यपि अहिले सम्म पुन निर्माणको काम हुन सकेको छैन ।

293633608 1387820221703783 6631116769632801153 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका