प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने • Nepal's Trusted Digital Newspaperप्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने

प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने

  • समाचारपाटी
  • आइतवार, साउन १, २०७९
प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने

काठमान्डौं । प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने भएका छन् । मन्त्रिपरिषद बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लाग्नुभएकाे हाे ।

शर्माले हालै नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमण गर्नुभएकाे थियाे । उहाँले असार ४ देखि ८ गतेसम्म लेबनान, असार ८ देखि ९ गतेसम्म सिरिया र त्यसपछि अमेरिका भ्रमण गर्नुभएकाे थियाे । उहाँ असार २० गते नेपाल फर्किनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका