समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ''मिरा''को ट्रेलर सार्वजनिक • Nepal's Trusted Digital Newspaperसमलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ''मिरा''को ट्रेलर सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ”मिरा”को ट्रेलर सार्वजनिक

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ”मिरा”को ट्रेलर सार्वजनिक

  • समाचारपाटी
  • आइतवार, साउन १, २०७९
समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ”मिरा”को ट्रेलर सार्वजनिक

सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म ”मिरा” दी टेल्स अफ लाइफ निर्माण भएको छ । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ  युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गर्नुभएकाे हाे ।

कला क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी पण्डितको यो डेब्यु फिल्म हो । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गर्नुभएकाे हाे । फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँनुहुन्छ ।

भोलिका दिनमा पनि अन्य फिल्महरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएर अघि बढ्ने उहाँको भनाई छ । फिल्ममा उहाँ कलाकारको रूपमा पनि देखिनुभएकाे छ। उहाँलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिनुभएकाे छ । अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ् गर्नुभएकाे हाे भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ । फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका