'विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय होइन' :- मेयर आचार्य • Nepal's Trusted Digital Newspaper'विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय होइन' :- मेयर आचार्य • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय होइन’ :- मेयर आचार्य

‘विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय होइन’ :- मेयर आचार्य

  • समाचारपाटी
  • आइतवार, साउन १, २०७९
‘विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय होइन’ :- मेयर आचार्य

पोखरा। पोखरा महानगरका मेयर धनराज आचार्यले विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय नरहेको बताउनुभएकाे छ । शनिबार विहान कालीगण्डकी–पोखरा (लेखाना) १३२ कभी प्रशारण लाइनबाट ६ सय मिटर भूमिगत केवल तथा विरौटा सवस्टेशन निर्माण आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदन सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

उहाँले अधिकांश विकास निर्माणका परियोजना अगाडि बढाउँदा निर्माण गर्ने पक्ष र स्थानीय बीच द्धन्द्ध हुनेगरेको चर्चा गर्दै दुबैपक्ष इमान्दार बन्नुपर्ने धारण राख्नुभयाे । ‘निर्माण गर्ने पक्षले पनि के हो वास्तविकता प्रभावित क्षेत्रका वासिन्दालाई नभन्ने अनि प्रभावित क्षेत्रका वासिन्दाले पनि वास्तविकता के हो भन्ने नबुझ्दा समस्या आउने गरेको छ । यसलाई यस्तो यस्तो अवस्था हो । भनेर इमान्दारिता पूर्वक भन्ने र स्थानीयले पनि राम्रोसंग बुझेर सहजीकरण गर्ने हो भने समस्या हुँदैन’ उहाँले भन्नुभयाे, ‘यस्ता विषयमा समस्या आए स्थानीय सरकार नागरिकको पक्षमा सहजिकरण गरिदिन तयार हुन्छ र गर्छपनि । नभए विरोधपनि भइरहने र विकासमा पछि परिने भइरहन्छ ।’

मेयर आचार्यले जुनसुकै निर्माण आयोजनाका पनि सामाजिक दायित्व हुने भन्दै उहाँले त्यसलाई बहन गर्न आयोजना तत्पर हुनुपर्ने उहाँको भनाई छ । मेयर आचार्यले थप विद्युत सवस्टेशन निर्माण पोखरावासीले लोडसेलिङ बेहोनुपर्ने दिन आउने भन्दै निर्माणमा सहजिकरण गर्न स्थानीयलाई आग्रह गर्नुभयाे ।

विद्युत जहाँ घना बस्ती छ त्यहिँ आवश्यक पर्ने भएकाले बस्तीको बीचमा पछिल्ला दिनमा विद्युत सवस्टेशन बन्ने गरेका उदाहरण पेश गर्नुभयाे । ‘विद्युत र पानी जहाँ धेरै घर छन् त्यहीँ धेरै चाहिन्छ । अन्यावश्यक सेवा हो । तपाई काठमाडौंको रत्नपार्क हेर्नुस्, सिंहदरबार हेर्नुस्, कोटेस्वर हेर्नुस् त्यहाँ तल सवस्टेशन छन्, त्यसको माथी कार्यालय छन् । अहिलेको प्रविधिलाई पनि बुझ्नुपर्छ र अन्यत्र कस्तो अभ्यास छ भनेर पनि जानकारी लिनुपर्छ’ उहाँले भन्नुभयाे ।

मेयर आचार्यले आयोजनाका लागि पहिले नै छुट्याइएको जमिन या आयोजना स्थल वरपर बस्ती विस्तार गर्दै जाने अनि आयोजनालाई त्यहाँबाट अन्यत्र लैजाउ भन्ने विषय पेचिलो विषय भएको बताउनुभयाे । उहाँले त्यस अनुरुपको मापदण्ड नबन्दा पनि समस्या रहेको औल्याउनुभयाे ।

पोखरामा साँघुरा बाटाबाट बस्तीसम्म दम्कल समेत नपुग्ने अवस्था रहेको भन्दै उहाँले यसका लागि नेतृत्व गर्ने आफूहरु नै दोशी रहेको बताउनुभयाे । अब भने त्यसबाट पाठ सिकेर काम गर्नुपर्ने उहाँको भनाई छ । महानगर त्यसका लागि तयार रहेको र नागरिकको पनि सकारात्मक खवरदारी आवश्यक पर्ने उहाँले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका