पोखरा । पोखरा महानगरपालीका वडा न ३३ कपासे वस्तीका प्रेम बहादुर बरुवाल सेतिमा व्यपत्ता हुनुभएकाे छ । उहाँ आफ्नाे सानो छोरा लाई लिएर विहीबार ३ बजे माछामार्न सेतिमा जानुभएकाे थियाे । छोरा सन्देश बरुवालका अनुसार सन्देश ढुङगा चिप्लीएर सेतिके भेलमा परेपछि छोरालाई बचाउन बुवा सेतिमा जादा बुवालाई सेति नदीले बगायो । छोरालाई किनारमा फालेका प्रेम आफु भने किनारमा आउन सक्नुभएन हेर्दा हेर्दै वुवालाइ बगाएकाे थियाे। बरुवालको खोजि कार्य प्रदेश प्रहरी कार्यलयको प्रहरीको रेस्क्यु टोलिले गरीरहेको छ ।