दृष्टिविहीन गायिका श्रृष्टी केसी र गिथिया वर्मनको स्वरमा रहेको अंग्रेजी गीत अनोदर वल्र्ड सार्वजनिक भएको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो । गीतमा श्रृष्टी केसी, सुदेव, सदिक ज्याकी लगायतका कलाकारको अभिनय छ । शब्द, संगीतसहित गीतको निर्देशन गायक स्वयंले गरेका छन भने छायांकन एप्पोस एन्टोनीले गरेका हुन ।
कार्यक्रममा बोल्दै महानायक राजेश हमालले समाजले प्रस्तुत गरेको कुराहरुको उपयोग गर्ने अधिकार दृष्टिबिहीनसहित सबै नागरिकलाई हुने बताउनु भयो । यसलाई सबैमाझ पुर्याउन सबै नागरिकले हातेमालो गरेर अघि बढनुपर्ने बताउनु भयो । त्यस्तै वरिष्ठ कलाकार मिथिला शर्माले गीतको भाव शब्दले नभइ अन्तरआत्माले बुझनुपर्ने बताउनु भयो । त्यस्तै नायिका सुरक्षा पन्तले सोचाईलाई चुस्त बनाएर अघि बढन आवश्यक रहेको बताउनु भयो ।
यो गीत अंग्रेजीमा भाषा र नेपाली सब्टाइटल्समा युटयुबमा रहेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहित गायिका अञ्जु पन्त लगायतको पनि उपस्थिति थियो ।