फिल्म ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ गीत रिलिज • Nepal's Trusted Digital Newspaperफिल्म ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ गीत रिलिज • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फिल्म ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ गीत रिलिज

फिल्म ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ गीत रिलिज

  • समाचारपाटी
  • शनिबार, असार ३२, २०७९
फिल्म ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ गीत रिलिज

बीएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’को गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो ।

गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । तेञ्जु योञ्जनले नृत्य निर्देशन गरेकी छन् ।असोज २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रपञ्च’लाई बद्री साह, अनिल गीता र रविराज आचार्यले निर्माण गरेका हुन् ।

फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुष मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी लगायतको अभिनय छ । फिल्ममा प्रकाश कुँवरको कथा, दिवस गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रविन ढकालकोे सम्पादन छ ।

menuka 5 menuka maji 1 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका