आईसिसि विश्व क्रिकेट लिग–२ :-नेपालले नामिबियासँग खेल्दै • Nepal's Trusted Digital Newspaperआईसिसि विश्व क्रिकेट लिग–२ :-नेपालले नामिबियासँग खेल्दै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • आईसिसि विश्व क्रिकेट लिग–२ :-नेपालले नामिबियासँग खेल्दै

आईसिसि विश्व क्रिकेट लिग–२ :-नेपालले नामिबियासँग खेल्दै

  • समाचारपाटी
  • शुक्रबार, असार ३१, २०७९
आईसिसि विश्व क्रिकेट लिग–२ :-नेपालले नामिबियासँग खेल्दै

आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिवार त्रिकोणात्मक श्रृंखला अन्तर्गत नामिबियासँग दोस्रो खेल खेल्दैछ । आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डबिरुद्ध ५ विकेट जित निकालेको नेपालले शनिवार नामिबियालाई आतिथ्यता गर्दा पहिलो खेलमा भएका गल्तीलाई सच्याउँदै हारको बदला लिने लक्ष्यमा हुनेछ ।

आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत शनिवार नेपालले नामिबियासँग खेल्दैछ । आयोजक स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला खेल्नका लागि भ्रमणमा रहेको नेपाल शनिवार नामिबियाबिरुद्ध जितको खोजिमा हुनेछ । पहिलो खेलमा पराजित भएको नेपालले अघिल्लो खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै दोस्रो खेलमा सुखद नतिजाको लक्ष्यमा हुनेछ । नामिबियबिरुद्ध पहिलो खेलमा बलिङ औसत प्रदर्शन गरेपनि ब्याटिङमा भने बिर्सनलायक प्रदर्शन गरेको थियो । उक्त भेटमा नेपाललाई नामिबियाले दिएको २ सय २१ रनको लक्ष्य पनि भेटाउन सकस परेको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ८० रन जोडेको थियो ।

आफ्नो दोस्रो खेलमा भने घरेलु टोलीमाथि ५ विकेट जित निकालेको थियो । जुन स्कटल्याण्डबिरुद्ध नेपालले कुनै पनि संरचनामा निकालेको पहिलो जित हो । घरेलु टोलीबिरुद्ध आक्रामक खेलेका आसिफ शेखले नेपाली टोलीका लागि इतिहास बनाउन महत्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए । ७१ रनमा पवेलियन फर्किंदा नेपाल लगभग जित नजिक पुगेको थियो । केही अनुभवि खेलाडीले अपेक्षा अनुसारको प्रदर्शन नगरेपनि स्काटल्याण्डले प्रश्तुत गरेको १ सय ४५ रनको लक्ष्य १ सय ४९ बल अगावै भेटाउँदा नेपालले पहिलो इतिहास दर्ता गर्न सफल भएको थियो । शनिवार नामिबियबिरुद्ध मैदान उत्रिँदा सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

नेपाल र नामिबियाबीच एकदिवसीयमा पछिल्लो भेटसँगै ६ पटक प्रतिष्पर्धा गरेका छन । जसमा नेपालले चार पटक सुखद नतिजा निकाल्दा नामिबियाले स्कटल्याण्ड भ्रमण अन्तर्गतको पहिलो खेलसहित दुई खेल जितेको छ । नेपालले पहिलो पटक सन २००१ मा आईसीसी ट्रफीको प्रतियोगितामा नामिबियासँग खेलेको थियो । क्यानडामा खेलिएको उक्त खेलमा नेपालले ८ विकेटको लज्जास्पद हार भोगेको थियो । दोस्रो पटक सन २०१५ आईसीसी लिग डिभिजन–२ मा यी दुई टोलीबीच प्रतिष्पर्धा भएको थियो । जुन भेट १४ वर्षपछि भएको थियो । त्यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । तेस्रो पटकको भेट सन २०१५–०१७ सम्म चलेको विश्व क्रिकेट च्याम्पियनसिपमा भएको थियो । सन २०१७ मा दुई खेल नेपालमा भएको थियो । नेपालले दुवै खेलमा सुखद नतिजा निकालेको थियो । त्यसपछि २०१८ मा नामिबियामा नेपालले आतिथ्यता गरेको थियो । जहाँ नेपालले १ विकेटको रोमान्चक जित निकालेको थियो ।

श्रृंखलाको पहिलो खेलमा हराएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ । ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ तालिकाको पाचौं स्थानमा छ । शनिवार हुने खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा हुनेछ । २४ खेल खेलको अमेरिकाले तालिमा २३ अंक जोडेको छ । यस्तै नामिबियाको १७ खेलबाट १६ अंक छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका