'पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँ': अर्जुननरसिंह केसी • Nepal's Trusted Digital Newspaper'पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँ': अर्जुननरसिंह केसी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँ’: अर्जुननरसिंह केसी

‘पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँ’: अर्जुननरसिंह केसी

  • समाचारपाटी
  • शुक्रबार, असार ३१, २०७९
‘पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिर भेला गर्न बाध्य भयौँ’: अर्जुननरसिंह केसी

 

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एव पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको आरोप लगाउनुभएको छ ।

बिहीवार केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता केसीले यस्तो बताउनुभएको हो । उहाँले नीति निर्णयको प्रक्रियामा न्यायेचिन साझेदारी गरेर अघि बढन सभापतिलाई आग्रह गरेको बताउनु भयो । उहाँले आफूसँग महाधिवेशमा पराजित डा. शेखर कोईरालालाई पनि सम्मान गरेर पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताउनु भयो । पदाधिकारीहरु बोलाएर गुटको भेला गरेको प्रश्नमा उहाँले पार्टी केन्द्रिय कार्यालयमा कोठा नदिएपछि बाहिर होटलमा जान बाध्य भएको बताउनु भयो । नेता केसीले अहिले पार्टीमात्र नभइ लोकतन्त्र र राष्ट्रियतालाई नै गम्भीर चुनौतीको स्थितितिर गएको बताउनु भयो । उहाँले देश एकपछि अर्को चक्रव्यूह भित्र फसिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय दवन्दवको केन्द्रको रुपमा नेपाल फसेको बताउनु भयो । नेता केसीले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकताका बिरुद्ध उत्रिएको काँग्रेसले अहिले पुनः सोही कार्य दोहोर्याएको बताउनु भयो । उहाँले देश आर्थिक संकटोन्मख रहेका बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद किन गर्नुपर्यो भन्दै प्रश्न गर्नुभयो । उहाँले देशमा अहिले भ्रष्टाचारको महामरी रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी भित्रको आन्तरिक व्यवस्थापन हो पहिलो कुरा । सकेसम्म विधिसम्मत, प्रक्रियागत र सबैलाई समेटेर वृहत एकता अहिलेको ठूलो आवश्यक्ता हो । हामी पार्टीमात्र होइन, लोकतन्त्र र राष्ट्रियतालाई नै गम्भीर चुनौतीको स्थितितिर हामी उन्मुख छौँ । देश एकपछि अर्को चक्रव्यूह भित्र फसिरहेको छ । एकातिर अन्तर्राष्ट्रिय दवन्दवको केन्द्रमा बिस्तारै यो भूभाग विकसित हुँदैछ । चीन र अमेरिकाबीचको दवन्दवमा नेपाली भूभाग केन्द्रित भइरहेको छ । ओलीको अधिनायकवादको स्थितिमा पनि लोकतन्त्र पुनः स्थापित गर्न र संविधानको रक्षा गर्न फेरि नपाली काँग्रेसकै नेतृत्वमा सरकार गठन भयो । तर त्यो बेलामा हामीले ओलीले सम्पूर्ण शक्ति केन्द्रिकृत गरेर राखेकोमा हामीले बिरोध गरेका थियौँ । अहिले फेरि त्यही यथावत हामीले राख्नु औचित्य छैन । हामीले बिरोध गरेको संविधान परिषद ऐनलाई फेरि किन परिवर्तन गरेको हो ? जे पहिला छ त्यसैलाई पुनः स्थापित गर्नुपर्छ नैतिक दृष्टिकोणले । विदेशी ऋणलाई अनुत्पादक क्षेत्रमा प्रयोग गरिरहेका छौँ । अहिले हामीले ८४ करोडको हतियार किन्ने कारण के छ ? कोसँग लडनु छ ? देशमा अहिले भ्रष्टाचारको महामारी फैलिएको छ । अन्तर्राष्ट्रिय दवन्दवको पासोमा देश गएको छ । बैठक बस्ने ठाउँ दिनुपर्छ । शेखरजीलाई पनि पार्टी कार्यालयमा बस्ने व्यवस्था दिऔँ । पहिला त रामचन्द्र जीलाई थियो । सबैलाई सम्मान गरौँ । पदाधिकारीले गुट भेला गरेको भनियो । पहिला आफू हुँदा के गर्नुभएको थियो । अहिले पदाधिकारी ल्याएर बैठक बस्यो त के ठूलो कुरा भयो ? सबैलाई समेटने काम गर्नुहोस गुटको भेला हुँदैन । अल्पमतलाई पनि समेटेर जानुपर्छ । सहमति, एकता, मेलमिलाप गर्ने भनेको आत्मसमर्पण गर्ने होइन, नीति निर्णयको प्रक्रियामा न्यायेचित साझेदारी आवश्यक छ ।’

नेता केसीले सहमति, एकता, मेलमिलाप गर्नु आत्मसमर्पण गर्ने नभएको उल्लेख गर्दै नीति निर्णयको प्रक्रियामा न्यायेचित साझेदारी गर्न सभापति देउवाको ध्यानाकर्षण गराउनु भयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका