विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा • Nepal's Trusted Digital Newspaperविज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा

विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा

  • समाचारपाटी
  • बिहिबार, असार ३०, २०७९
विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातिर लैजानुपर्छः अनिल झा

 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता अनिलकुमार झाले विज्ञान र प्रविधिको प्रयोगलाई सकारात्मकतातर्फ लैजान सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचना र विज्ञानको प्रयोग नकारात्मकतामा बढी प्रयोग भइरहेको बताउनुभयो । नेता झाले विज्ञानलाई नेपालमा आफैले उत्पादन गरेर प्रयोग गर्न नसक्नु दुःखको कुरा भएको बताउनु भयो । उहाँले आफैँले विज्ञान र प्रविधिको उत्पादन गरी प्रयोग गर्नसके मात्रे देशलाइृ फाइदा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूचना र विज्ञानको प्रयोग नकारात्मकतामा बढी प्रयोग भइरहेको छ । त्यसलाई सकारात्मकतिर कसरी लैजाने भन्ने विषयमा राज्य र सम्बन्धित निकायले पहल गर्नुपर्छ । विज्ञानलाई हामीले आफैले उत्पादन गरेर प्रयोग गर्न सकेका छैनौँ, अरुको उत्पादन प्रयोग गर्ने काम मात्रै गरेका छौँ ।’

नेता झाले सरकारले विज्ञान र प्रविधिको क्षेमा उत्पादनका लागि लगानी गर्ने वातावरण बनाउन र स्वयं लगानी गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका