‘विदेश जाने क्रम रोकिएकै छैन, लाखौँ युवाहरुले मुलुक छोडिरहेको छन':-प्रकाश पन्थ • Nepal's Trusted Digital Newspaper‘विदेश जाने क्रम रोकिएकै छैन, लाखौँ युवाहरुले मुलुक छोडिरहेको छन':-प्रकाश पन्थ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘विदेश जाने क्रम रोकिएकै छैन, लाखौँ युवाहरुले मुलुक छोडिरहेको छन’:-प्रकाश पन्थ

‘विदेश जाने क्रम रोकिएकै छैन, लाखौँ युवाहरुले मुलुक छोडिरहेको छन’:-प्रकाश पन्थ

  • समाचारपाटी
  • बिहिबार, असार ३०, २०७९
‘विदेश जाने क्रम रोकिएकै छैन, लाखौँ युवाहरुले मुलुक छोडिरहेको छन’:-प्रकाश पन्थ

नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले वैदेशिक रोजगारीमा जानेहरुको श्रम अवधि थप्न माग गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्थले वैदेशिक रोजगारीमा जानेहरुको दुई वर्षे श्रम अवधि कम भएको बताउनुभएको हो । उहाँले श्रम अवधि कटेको एक दिनपछि मात्रै कुनै घटना भयो भने पनि श्रमिकले पाउने क्षतिपूर्ति तथा सेवा सुविधा नपाउने स्थिति रहेको भन्दै उहाँले श्रम अवधि थप गर्नुपर्ने धारणा राख्नुभयो । श्रम अवधि थप्न नसकेमा श्रमिकले चाहेको बेला तुरुन्तै अवधि नविकरण गर्ने व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नुभयो । सांसद पन्थले सरकारको नीति तथा कार्यक्रमहरु युवाहरुलाई नेपालमै रोक्ने र विदेशिएकाहरुलाई पनि फर्काउने खालको नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विदेश जाने क्रम रोकिएकै छैन । अझैपनि हाम्रो नीतिले, कार्यक्रमले उनीहरुलाई नेपालमै रोक्ने र विदेश गएकालाई पनि फर्काउने खालको खास स्पष्ट कार्यक्रमहरु पनि देखिएको छैन । लाखौँ युवाहरुले मुलुक छोडिरहेको छन । लाखौँ युवाहरुले रगत, पसिना बगाएर रेमिटयान्स पठाइरहेका छन ।वैदेशिक रोजगारमा पनि विभेदका कुराहरु छ । नेपालको वैदेशिक रोजगारमा विभेद देखियो । मन्त्रालयले लिने नीतिहरुमा । त्यो विभेद के हो भनेदेखि श्रम अवधि सकिएका व्यक्ति र श्रम अवधिमै रहेका व्यक्तिहरुका बीचमा राज्यले विभेदहरु गरेको छ । श्रमिकको विदेशमा मृत्यु भयो भनेपनि, उनीहरु अंगभंग भएपनि कल्याणकारी कोष लगायतबाट ७ लाख रुपैयाँ आउँछ अहिले अनि पछि बीमा लगायतका अन्य कार्यक्रमबाट १४ लाख रुपैयाँ पाउने स्थिति छ । तर नेपालको श्रम अवधि जम्मा दुई वर्ष । दुई वर्षबाट एक दिन मात्रै कटयो भने यी सबै सुविधाहरुबाट ऊ वञ्चित हुन्छ । मुत्यु भयो भने पनि केही नपाउने अवस्था छ । दुई वर्ष बाट एक दिन कटेपनि मृत्यु वा अंगभंग भएपनि जम्मा २५ हजार रुपैयाँ मात्र पाउने अवस्था छ । त्यो खालको विभेद देखियो । यस्तो विभेदकारी नीतिले विदेशमा रहेका श्रमिक नेपालीहरुलाई राज्यले आफनो दायित्वबाट विमुख भएको अनुभुति भएको छ । राज्यको अभिभावकत्वको महशुस भएको छैन । दुई वर्ष कटेकाले नै धेरै रेमिटयान्स पठाउँछ । कि यो अवधिलाई बढाउनु पर्यो । बढाउन सकिएन भने श्रमिकले चाहने बित्तिकै श्रम अवधि नविकरण हुने व्यवस्था मिलाउनु पर्यो । सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद पन्थले विदेशी भूमिमा मृत्यु हुने श्रमिकहरुको शव नेपाल ल्याउन पनि समस्या हुने गरेको भन्दै त्यसलाई सहज पार्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका