प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसालले मनोनयन दर्ता • Nepal's Trusted Digital Newspaperप्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसालले मनोनयन दर्ता • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसालले मनोनयन दर्ता

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसालले मनोनयन दर्ता

  • समाचारपाटी
  • बिहिबार, असार ३०, २०७९
प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसालले मनोनयन दर्ता

काठमान्डौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएकाे छ ।

माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

उम्मेदवारी दर्तापछि बोल्दै भुसालले संसदलाई स्वतन्त्र र थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभयाे । संविधान कार्यान्वयनका पनि आफूले भूमिका खेल्ने उहाँको भनाइ छ ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका