सरकारको एक वर्ष :- नेताहरुको प्रतिक्रिया • Nepal's Trusted Digital Newspaperसरकारको एक वर्ष :- नेताहरुको प्रतिक्रिया • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • सरकारको एक वर्ष :- नेताहरुको प्रतिक्रिया

सरकारको एक वर्ष :- नेताहरुको प्रतिक्रिया

  • समाचारपाटी
  • बिहिबार, असार ३०, २०७९
सरकारको एक वर्ष :- नेताहरुको प्रतिक्रिया

 

नेकपा माओवादी केन्द्र का नेता हरिबोल गजुरेलले गठबन्धन सरकार आफनो मुल उद्देश्यमा सफल भएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गजुरेलले वर्तमान सत्तारुढ गठबन्धन आफनो मुल उद्देश्यमा सफल भएको बताउनुभएको हो । उहाँले सरकार प्रतिगमन बिरोधी मोर्चामा सफल भएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर पश्चगामी शक्तिलाई कमजोर बनाइएको पनि बताउनु भयो । नेता गजुरेलले सरकारले कोभिड–१९ बिरुद्धको संघर्षमा प्रभावकारी काम गरेको बताउनु भयो । उहाँले सरकारले सन्तुलित र जनमुखी बजेट ल्याएको उल्लेख गर्नुभयो । अर्थतन्त्र धरासयी हुने चिन्ताको बीचमा सरकारले अर्थतन्त्रलाई स्थिर राख्ने कोशिस गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यो सरकारको काम मलाई लाग्छ प्रतिगमन बिरोधी मोर्चामा चाहीँ यो सफल भयो । पहिलेको सरकारको तुलनामा त्यस्तो धेरै आक्षेप, आरोप पनि यसले भोग्नुपरेन । पछिल्ला केही विषयहरु आएका छन, त्यो त छानबिनकै प्रक्रियामा छ । खासगरी कोभिड बिरुद्धको संघर्षमा सरकारको काम प्रभावकारी भयो । सापेक्ष रुपमा सरकारले जुन बजेट ल्यायो त्यो बजेट पनि सन्तुलनको बजेट नै छ । जनमुखी बजेट आएको छ । त्यस अर्थमा सकारात्मक छ । तर कमी, कमजोरी त धेरै छन । यसको मुल उद्देश्यमा सफल भएको छ । चुनावमा पनि गठबन्धन बनाएरै गयो । पश्चगामी शक्तिलाई कमजोर बनायो । अर्थतन्त्र पनि जसरी धरासायी हुन्छ भन्ने चिन्ता थियो त्यसलाई स्थिर राख्ने नै कोशिस गर्यो । राष्ट्र बैंकसँग केही टसल परेपनि त्यसलाई पनि व्यवस्थापन गर्यो । त्यो हिसावले सफल भयो । तर समग्र जनअपेक्षा अनुसार फेरि काम गर्न सकेको छैन ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता डा.भीम रावलले सरकारले आफनो प्रतिवद्धता विपरितका काम गरेको बताउनु भयो । उहाँले सरकारले राष्ट्रिय हीतको सुरक्षा गर्न नसकेको बताउनु भयो । सरकारले परराष्ट्र नीतिलाई संविधान बमोजिम अगाडी बढाउन नसकेको उहाँको भनाई छ । उहाँले सरकारले साझा न्यूनतम कार्यक्रम अनुरुप काम गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एक वर्षमा प्रधानमन्त्री शेरबहादुर देउवाजीको नेतृत्वको गठबन्धन सरकारले जे गर्छु भनेको थियो, त्यसको ठिक उल्टो गरेको छ । न राष्ट्रिय हीतको सुरक्षा गरेको छ । न परराष्ट्र नीतिलाई नेपालको संविधान बमोजिम अगाडी बढाएको छ । न अर्थतन्त्रलाई बढाएको छ । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम त कुन रद्दीको टोकरीमा छ अत्तोपत्तो नै छैन । यस अर्थमा यो सरकार जुन घोषित लक्ष्यका, उद्देश्यका साथ म गर्छु भनेर आएको थियो, त्यो औचित्यहीन, निरर्थक देखिएको छ ।’

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो । देशको आर्थिक अवस्थाको सम्बन्धमा सरकार गम्भीर नभएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारको केही पनि काम भएको छैन । अहिले देशको जुन आर्थिक अवस्था छ, त्यो सम्बन्धमा सरकार गम्भिर भएको छैन । महंगी चरम सीमामा छ । रोपाईं भइसक्यो अहिले खेत सुकिराखेको छ मधेसमा जहाँ जग्गा छ । सिचाइँको प्रवन्ध छैन । बीउको प्रवन्ध छैन । मल अहिलेसम्म पुर्याएको छैन । सरकारको काम त आपत विपत पर्दा जनतालाई सेवा दिने हो । सुरक्षा दिने हो । सुविधा दिने हो । त्यो काम कहीँ पनि भइराखेको छैन । त्यसकारण सन्तोषप्रद काम यो सरकारबाट भएको छैन ।’

उहाँले जनतालाई समयमा मल, बीउ उपलब्ध गराउन नसक्नु सरकारको असफलता भएको बताउनु भयो । सरकारले जनतालाई आपदविपत पर्दा सेवा, सुविधा र सुरक्षा दिन नसकेको उहाँको भनाई छ ।

Sequence 09.06 00 01 09.Still382 Sequence 09.06 00 26 13.Still383

 

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका