डायमण्ड मा.वि.ले करियर सिम्पोजियम–२०२२ गर्ने • Nepal's Trusted Digital Newspaperडायमण्ड मा.वि.ले करियर सिम्पोजियम–२०२२ गर्ने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • डायमण्ड मा.वि.ले करियर सिम्पोजियम–२०२२ गर्ने

डायमण्ड मा.वि.ले करियर सिम्पोजियम–२०२२ गर्ने

  • समाचारपाटी
  • बिहिबार, असार ३०, २०७९
डायमण्ड मा.वि.ले करियर सिम्पोजियम–२०२२ गर्ने

लेखनाथ । पोखरा महानगरपालीका वडा नं. २७ मा रहेको डायमण्ड मा.वि.ले एस.ई.ई. दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि करियर सिम्पोजियम–२०२२ गर्ने भएको छ ।

होटल व्यवस्थापन तथा आतिथ्य र व्यवस्थापन क्षेत्रमा भविष्यको खोजीमा रहेका तर भ्रममा रहेका विद्यार्थीहरुको भ्रम चिर्नको लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित विषयका दक्ष व्यक्तित्व बाट कार्यक्रममा प्रस्तुती रहने समेत आयोजकले जानकारी गराएको छ । कार्यक्रमको मुख्य उद्देश्य हस्पिटालिटी र म्यानेजमेन्ट क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूको जिज्ञासालाई समेट्नु र आतिथ्य क्षेत्र (होटेल व्यवस्थापन) मा करियरको अवसरको बारेमा विद्यार्थीहरूको भ्रमलाई स्पष्ट पार्नु रहेकोे विद्यालयका प्राचार्य यम बहादुर रोकाले जानकारी दिनुभएको हाे ।

अवसरको सदुपयोग गर्न र लाभ लिनको लागि इच्छुक विद्यार्थीहरूलाई अनुरोध गरेको र कार्यक्रम असार ३१ गते बिहान ११ बजे तालचोकको सेभेन वन्डर रिसोर्टमा हुने आयोजकले जानकारी दिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका