गायक सुधन गैरे र गायिका मेलिना राईको 'अम्रीका' बोलको गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायक सुधन गैरे र गायिका मेलिना राईको 'अम्रीका' बोलको गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक सुधन गैरे र गायिका मेलिना राईको ‘अम्रीका’ बोलको गीत सार्वजनिक

गायक सुधन गैरे र गायिका मेलिना राईको ‘अम्रीका’ बोलको गीत सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, असार २९, २०७९
गायक सुधन गैरे र गायिका मेलिना राईको ‘अम्रीका’ बोलको गीत सार्वजनिक

काठमान्डौं । गायक सुधन गैरे र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘अम्रीका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द दिग्गज धौराली रहेको छ भने संगीत सुबाश भुषालको रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

प्रेमिल शैली यस गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। पवन सुस्लिङ्गले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्। गम्भीर बिस्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।

भिडियो गायक गैरेको युट्युव च्यानल ‘एसजी मेलोडी’ मार्फत सार्वजनिक भएको हो। गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। यसअघि गायक गैरेको स्वरमा रहेको ‘उडी जाने जेट, ‘माया किन मोडियो, ‘सानी’ बोलको म्युजिक भिडियोहरु स्रोतामाझ लोकप्रिय छन्। डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा आधारित यस म्युजिक भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

 

screenshots 2 screenshots 3 screenshots 4 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका