पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनको उपहार कार्यक्रम • Nepal's Trusted Digital Newspaperपोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनको उपहार कार्यक्रम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनको उपहार कार्यक्रम

पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनको उपहार कार्यक्रम

  • समाचारपाटी
  • बुधबार, असार २९, २०७९
पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनको उपहार कार्यक्रम

पाँच सयको सामान किन्दा स्कुटर पाउने अवसर

पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनले व्यवसाय प्रवद्धनका लागि उपहार कार्यक्रम ल्याएको छ । एशोसिएशनले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको हो ।

एशोसिएशनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने बताउनुभयाे । उहाँका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएशन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन उपलब्ध गराइनेछ । मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने र महिनाको अन्तिम बुधबार खोलिने संस्थाका कोषाध्यक्ष तथा उपहार कार्यक्रम संयोजक थमनसिंह गुरुङले जानकारी दिनुभयाे ।

बजार एशोसिएशनका मानार्थ सदस्य तथा सल्लाहाकार सुदीप ढकालले २० वर्ष अघि उपहार कार्यक्रम सुरु गरिएको र यो प्रभावकारी रहेको बताए । संस्थाका महासचिव बुद्धिबहादुर कुँवरले उपहार कुपन प्रत्येक सटरलाई १ सयको ४ वटा पेटी उपलब्ध गराइने र त्यस वापत एशोसिएशनले एउटा पेटीको १ हजार शुल्क लिने गरेको बताउँदै त्यो रकम र अन्य नवीकरण शुल्कबाट उपहार कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार साउन १ गतेबाट यो उपहार कार्यक्रम लागु गरीने बताउनुभयाे । एशोसिएशनले सामाजिक उतर दाहित्व अन्तरगत विभिन्न दैवि प्रकोप लगाएत विभिन्न विपत्तीहरुमा सयोग गरिरहेको र हाल ३ जना छात्रछात्रालाई छात्रवृत्ति समेत उपलब्ध गराइरहेको महासचिव बुद्धिबहादुर कुँवर बताउनुभयाे । पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाले बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनले नाफामुखी भन्दा पनि सेवाको रुपले व्यवसाय गरिरहेको बताउनुभयाे ।

उत्तरकी नाका सञ्चालन नहुँदा सामान ल्याउन समस्या

२ सय ४० सटर रहेको बुद्ध विशाल बजारमा फेन्सी, कष्मेटिक लगागतका सामान खरिद र बिक्री हुने गरेको छ । उत्तरी छिमेकी देश चीनतर्फका नाका सञ्चानमा नआउँदा सामान ल्याउन समस्या भएको र ढुवानी खर्च बढेको अध्यक्ष खत्रीले बताउनुभयाे । खत्रीका अनुसार बजार भित्रका पसलबाट करिब ३ हजार ५ सय प्रत्यक्ष रुपमा लाभाम्वित भएको बताउनुभयाे । कोरोना अघि र अहिलेको खरिद मूल्य दोब्बर नै वृद्धि भएको उहाँको भनाइ छ । विदेशी सामान ल्याउँदा प्राविधिक र कानुनी समस्या समते रहेको बताउँदै खत्रीले सहजताको लागि राज्यले पहल गर्नुपर्ने बताउनुभयाे ।

सिनेमा हल सञ्चालनको तयारी
बुद्ध विशाल बजार भित्र सिनेमा हल सञ्चालनको लागि योजना बनाएर तयारी थालिएको छ । सिनेमा हल सञ्चालनमा ल्याउने गरी यो कामलाई पूरा गर्नका लागि बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनका प्रवक्ता तथा प्रेस सयोजक मनोहरि पौडेललाई जिम्मेवारी दिइएको अध्यक्ष खत्रीले बताउनुभयाे ।

प्रवक्ता पौडेलका अनुसार करिब २ सय जनासम्म दर्शक अट्न सक्ने सिनेमा हल निर्माणको लागि अध्ययन भइरहेको र सिनेमा हल सन्चालकहरुसँग वार्ता सकारात्मक रहेको बताउदै प्रवक्ता पौडेलले उपभोक्तालाई आर्कर्षित गर्नका लागि सिनेमा हल सञ्चालनको योजना बनाइएको बताउनुभयाे ।

292055438 421367989920177 2039998784192995517 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका