‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँडनुपर्ने अवस्था छ':-बडू • Nepal's Trusted Digital Newspaper‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँडनुपर्ने अवस्था छ':-बडू • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँडनुपर्ने अवस्था छ’:-बडू

‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँडनुपर्ने अवस्था छ’:-बडू

  • समाचारपाटी
  • बुधबार, असार २९, २०७९
‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँडनुपर्ने अवस्था छ’:-बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँडनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

बुधवार काठमान्डौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदुत र नियौत व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले सरकारको अपेक्षाअनुसार निर्यात बढन नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरु भने भइरहेको बताउनु भयो । मन्त्री बडूले व्यापारघाटा बढदो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले आफनो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढदो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताउनु भयो । मन्त्री बडूले निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी नेपालमा भित्रयाउने काममा सरकार लागि परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँडनुपर्ने अवस्था छ । आयात बढीरहेको छ । अपेक्षाअनुसार निर्यात बढन सकेको छैन । प्रयत्नहरु धेरै भइरहेको छ । व्यापारघाटा बढदो अवस्थामा छ । यो अवस्थालाई ध्यानमा राखेर अहिले मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको छ । यतिबेला सरकारले आफनो नीति र कार्यक्रम र बजेटमार्फत पनि यही अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढदो आयातलाई व्यवस्थापन गर्ने, सक्दो प्रतिस्थापन पनि गर्ने, निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी आओस भनेर भन्ने उद्देश्यले केही नीतिगत कार्यक्रमगत निर्णयहरु हामीले गरेका छौँ । राष्ट्रिय उत्पादकहरु बढाउने र विशेष रुपले अभियानका रुपमा तयारीमा लागेका छौँ । राष्ट्रिय उत्पादन र उपभोग बढाउन सक्यौँ भने आयातलाई केही व्यवस्थापन गर्नसक्छौँ ।’

मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने उल्लेख गर्नुभयो ।

 

FINAL.00 07 06 02.Still938 FINAL.00 07 26 11.Still939 FINAL.00 07 29 12.Still940 FINAL.00 07 55 21.Still935

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका