राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरु • Nepal's Trusted Digital Newspaperराष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरु

राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरु

  • समाचारपाटी
  • बुधबार, असार २९, २०७९
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरु

राष्ट्रिय सभा सदस्य सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्व विद्यालयमा प्रश्नपत्र सम्बन्धि भएको बेस्थिति रोक्न सरकारलाई ध्यानाकर्षण गराउनु भएको छ ।

मंगलवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद रावल थापा पार्वतीले त्रिभुवन विश्व विद्यालयको गत वर्षको स्नातकोत्तर परिक्षा र यस वर्षको परिक्षामा एउटै प्रश्न दोहोरीएको विषय बाहीर आएकाले यस्तो खालको बेस्थिति सरकारले रोक्नु पर्ने बताउनु भयो । उहाँले स्नातकोत्तर र स्नातक परिक्षको प्रश्नपत्र अङग्रजीमा र उत्तर लेख्दा नेपाली र अङग्रजी दुबैमा खुल्ला भएकाले यो व्यवस्था प्रश्नपत्र पनि नेपाली अङग्रेजी दुबैमा राख्नु माग गर्नु भएको छ ।

उहाँले भन्नुभयो,‘ वर्तमान परिस्थिती वेस्थिति बेस्थिती सरकार छ की छैन । थाहा छैन । त्रिभुवन विश्व विद्यालय हामी सबैको आवस्थाको धरोहर हो । त्रिवीको गत वर्षको स्नातकोत्तर परिक्षा र यस वर्षको परिक्षा एउटै प्रश्न दोहोरीएको छ । यो स्नातकोत्तर मात्रै कुरा होइन भर्खरै स्नातक तहको परिक्षामा पनि त्यही घटना दोहोरीएको छ । त्यो बेस्थिती कहिलेसम्म । हामी नेपाली हाम्रो नेपाल,हाम्रो राष्ट्रिय भाषा नेपाली हो संविधान र कानूनले नेपाली भाषालाई चिन्छ । तर हामीले बढने स्नातकोत्तर र स्नातक अङग्रजीमा मात्रै आउँछ । उत्तर लेख्दा नेपाली र अङग्रजी दुबैमा खुल्ला छ । यस्तो हुँदा धेरै विद्यार्थीहरु फेल हुने अवस्था आएको छ । प्रश्नपत्र नेपाली अङग्रेजी दुबै र उत्तर पनि दुबैमा कायम गरियोस भन्ने सम्बन्धित निकायलाई धानाकर्षण दिन चाहान्छु ।’

सांसद अनिता देवकोटाले संविधानले व्यवस्था भए बमोजिम तीन नै तहको सरकार नचलेको बताउनु भयो । उहाँले तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता,सहअस्थीत्व र समन्वयताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालना समेत नभएको बताउनु भयो । देवकोटाले संविधानको रक्षाको लागि नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालनमा तीन तहका सरकारको ध्यान जानु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ संघीयतासँगै नागरिकले स्थायी शान्त्ति सुव्यवस्था,सुशासन र दिगो विकास समृद्धिको ठूलो अपेक्षा लिएता पनि त्यो बमोजिम काम हुन सकेका छैनन। तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता,सहअस्थीत्व र समन्वयताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालना भएको देखिदैन। संविधानको रक्षाको लागि नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालनमा तीन तहका सरकारको ध्यान जाओस ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै,सांसद इन्दु कडेरियाले वर्तमान सरकारले तुइन विस्थापित गर्ने कार्यलाई प्राथमिकता नदिँदा वर्षैपिच्छे महाकाली नदिनमा तुइनबाट खसेर मानिसहरुले ज्यान गुमानु परेको बताउनु भयो । उहाँले सरकारले तत्काल महाकाली नदिको ११ स्थानमा ओली सरकारले तुइन बनाउने योजना अनुसार तुइन निर्माण कार्य अगाडि बढाउनु पर्ने माग राख्नु भयो ।

उहाँले भन्नुभयो,‘ गत वर्ष तुईन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको लठठा काटेर पछि व्यास गाउँपालिका २ का जयसिंह थामी नदिमा खसेर बेपत्ता भएको एक वर्ष पुग्न लाग्यो तर तुइनबाट खस्ने क्रम रोकिएको छैन । व्यास गाउँपालिका १० का १८ वर्षिय संजित बुढाथोकी भारतबाट महाकाली तरेर नेपाल फर्कने क्रममा तुइन छुडिदा नदिमा खसेर गत बुधबार देखि बेपत्ता भएका छन । सो क्षेत्रमा दार्चुला क्षेत्रमा २६ जनाले ज्यान गुमाएका छन । तुइनलाई विस्थापित गरी झोलुङगे पुल निर्माण गर्ने ओली सरकारको योजना थियो तर केही स्थानमा तुइन विस्थापित भएरु पुल बनि सके तर वर्तमान सरकारले त्यसलाई निरन्तरता नदिदाँ पुल बन्न सकेका छैनन । त्यस्ता घटना दोहोरी रहेका छन । महाकालिका मात्रै तुइन विस्थापित गरी ११ स्थानमा पुल निर्माण गर्ने योजना भए पनि ७ स्थानमा निर्माण कार्य नै सुरु भएको छैन ।’

सांसद खिमलाल देवकोटाले मुलुकमा सरकार नै नभएको आभास भइरहेको बताउनु भएको छ । उहाँले सरकार भए पनि नभएको जस्तै देखिएको भन्दै ललितपुरको भैसेपाटीको ५ सय मिटर सडक लाथालिङग भएर ६ वर्ष देखि हिलाम्मे हुँदा समेत ध्यान नगएको बताउनु भयो । सांसद देवकोटाले ६ वर्ष सम्म सांसदहरुको कुरा उठाउँदा समेत बन्न नसक्नुको कारण भौतिक पूर्वाधार मन्त्रीले संसदमा जवाफ दिनु पर्ने माग राख्नु भयो ।

उहाँले भन्नुभयो,‘यो मुलुकमा सरकार छ की छैन । सरकार कसले चलाएको छ मैले बुझन सकेको छैन । मैले धेरै पटक ललितपुरको भैसेपाटीमा ५०० मिटर मात्रै सडक छ । मैले त्यो सडक बनाउनलाई दर्जनौं पटक विभागिय मन्त्रालय, मन्त्रालयका कर्मचारीलाई हारगुहार गरिसके । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल,दुई पटक अर्थमन्त्री भएका विष्णु पौडेल,तत्कालिन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेट,बामदेव गौतम हिडने जम्मा पाँच सय मिटर बाटो ६ वर्ष देखि लथालिङग छ । यो बाटो किन नबनेको भौतिक पूर्वाधार मन्त्रीलाई संसदमा जवाफ दिन माग गर्दछु ।’

त्यस्तै सांसद नन्दा चपाईले शिशु अवस्थामा हुर्कदै गरेको संघीयता माथि प्रश्न उठने गरी प्रदेश सरकारले काम गरेको बताउनु भयो । उहाँले गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बुबाआमाको नाममा प्रतिष्ठान खोलेर कोषमा बजेट मार्फत रकम जम्मा गर्नु दुःखद भएको बताउनु भयो । उहाँले सरकारले त्यस्तो अनियमित रोक्नु माग गर्नु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली जनताको ८ दशक लामो संर्घष र लाखौं वलिदान स्वरुप प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अत्यन्त आवश्यकता भएको छ । अहिले देशमा शिशु अवस्थामा हुर्किरहेको संघीयतालाई मलजल सहित हुर्काउनु पर्ने अवस्थामा प्रदेश सरकारको बजेट विनियोजनको बारेमा सुन्दा अत्यन्त दुःख लाग्दो छ । प्रदेश प्रमुखहरुको आमा बुबाको नाममा प्रतिष्ठान निर्माण गर्ने कोषमा पैसा जम्मा गर्ने खवर आएको छ । कोषमा रकम जम्मा गर्ने कुरा निषेध गनूृपर्छ । यो विषय जनपक्ष हुन सक्दैन । यस्तो अनियमिततालाई रोक्न नेपाल सरकारलाई अनुरोध गर्छु ।’

सांसद प्रकाश पन्थले आदिकवि भानुभत्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गरेको बताउनु भयो । उहाँले भानुभत्तको जन्म स्थानलाई सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुदिरम्गा उपेक्षामा परेको छ । यसले अपेक्षाकृत फडको मार्न सकि रहेको छैन । सरकारको प्राथमिकता र ध्यान पुगोस भन्ने अनुरोध गर्नू चाहन्छु । आदिकवि भानुभक्त आर्चायको जन्मस्थल तनहुँको चुदिरम्गा आन्तरिक तथा साहित्यीक पर्यटकको प्रचुर सम्भावना भएको धार्मिक साहित्यीक स्थलको हो ।’

सांसद पन्थले आदिकवि भानुभक्त आर्चायको जन्मस्थल तनहुँको चुदिरम्गा आन्तरिक तथा साहित्यीक पर्यटकको प्रचुर सम्भावना भएका भन्दै सरकारको प्राथकितामा राख्न आग्रह गर्नु भयो ।

Sequence 01.05 36 55 15.Still3423 Sequence 01.05 37 24 20.Still3425 Sequence 01.05 38 44 21.Still3428 Sequence 01.05 39 35 07.Still3430 Sequence 01.05 40 51 06.Still3433 Sequence 01.05 41 40 18.Still3435 Sequence 01.05 42 59 02.Still3436

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका