ओली र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्तामा भए विशेष छलफल • Nepal's Trusted Digital Newspaperओली र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्तामा भए विशेष छलफल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ओली र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्तामा भए विशेष छलफल

ओली र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्तामा भए विशेष छलफल

  • समाचारपाटी
  • बुधबार, असार २९, २०७९
ओली र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्तामा भए विशेष छलफल

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ ।

मंगलवार पूर्व प्रधानमन्त्री ओली निवास बालकोटमा भएको भेट भएको हो । भेटका क्रममा विदेश विभाग प्रमुख लिउले क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावका बारेमा विशेष छलफल भएको छ । छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले दुवै पक्षबाट पारस्परिक हीत र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु अघि बढाउने बारेमा छलफल भएको बताउनु भयो । उहाँले भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको उल्लेख गर्नुभएको पनि प्रमुख भट्टराईले बताउनु भयो । त्यस्तै अध्यक्ष ओलीले विगतदेखिको एक चीन नीति र नेपाली भूभाग चिनियाँ वा अरु कुनैपनि मित्र राष्ट्रका बिरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता जनाउनुभएको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष ओलीले आगामी दिनमा पनि अहिलेझैँ नेपाल र चीनको सम्बन्ध सुमधुर बनाएर जाने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिष्टाचार भेटका लागि बालकोटमा आउनुभएको हो । उहाँ र हाम्रो अध्यक्षका बचिमा हाम्रा दिवपक्षीय मामिलाका धेरै विषयहरुमाथि छलफलहरु भइरहेको छ । विशेष गरी चीन र नेपालको सम्बन्ध धेरै अघिबाट राम्रो र सुमधुर रहँदै आएको छ । आजको बदलिँदो परिवेश जुन छ, क्षेत्रीय राजनीतिमा आइरहेको बदलाव, अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावहरुसँग पनि चीन र नेपालका जुन सम्बन्धका आधारहरु हिजो तय गरिएका थिए । अर्थात हामी पारस्परिक समानताका आधारमा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुकको एक अर्काको आन्तरिक महामलामा अहस्तक्षेपको सिद्धान्त र एकले अर्कालाई पारस्परिक हीत र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु थिए, ती मान्यताहरु अहिले पनि कायम छन र तिनै मान्यताको आधारमा अघि बढनुपर्छ भनेर दुवैतर्फबाट प्रतिवद्धताहरु जाहेर भएको छ । चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको कुरा चीनको तर्फबाट आएको छ भने नेपालको तर्फबाट विगतदेखिको एक चीन नीति र नेपाली भूभाग चिनियाँ वा अरु कुनैपनि मित्र राष्ट्रका बिरुद्ध प्रयोग गर्न नदिने हाम्रो पुरानो प्रतिवद्धतामा नेकपा एमाले प्रतिवद्ध छ र हामी निरन्तर रुपमा अघि बढाउन चाहन्छौं भन्ने कुरा राख्यौँ ।’

भेटमा नेपालको कम्युनिष्ट पार्टीहरुको मिलाप र एकीकरणको कुरा आन्तरिक कुरा भएकोले चीनले यसमा कुनै धारणा नराख्ने चिनियाँ पक्षले स्पष्ट पारेको छ । आईतवार ४ दिने नेपाल भ्रमणमा आउनुभएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खडका, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसक्नुभएको छ । विदेश विभाग प्रमुख लिउ बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किनुहुनेछ ।

Sequence 01.05 34 12 00.Still3458

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका