गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र अष्ट्रेलियन राजदूत फ्यालिसिटी बीच भेटवार्ता • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र अष्ट्रेलियन राजदूत फ्यालिसिटी बीच भेटवार्ता • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र अष्ट्रेलियन राजदूत फ्यालिसिटी बीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र अष्ट्रेलियन राजदूत फ्यालिसिटी बीच भेटवार्ता

  • समाचारपाटी
  • मङ्लबार, असार २८, २०७९
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र अष्ट्रेलियन राजदूत फ्यालिसिटी बीच भेटवार्ता

संघीयता सुदृढीकरणमा सहकार्य गरिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्कबीच सोमबार भेटवार्ता भएको छ । मुख्यमन्त्रीकै कार्यकक्षमा भएको भेटघाटमा समसामयिक विषयसहित नेपालको संघीयता कार्यान्वयनका क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षका बारेमा उनीहरुबीच कुराकानी भएको छ ।

मुख्यमन्त्री पोखरेलले नेपाल र अष्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ हुँदै जाओस् भन्ने चाहना व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अष्ट्रेलियाको सहयोग हाम्रा लागि अपेक्षित छ । यहाँको भ्रमणले हामी बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्धत गर्ने नै छ ।’

नेपाल र अष्ट्रेलिया बीचको कुटनीतिक सम्बन्ध सन् १९६० मा स्थापना भए पश्चात २ देश बीचको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहँदै आएको मुख्यमन्त्री पोखरेलले बताउनुभयाे । २ मुलुकको शिक्षा र पर्यटन क्षेत्रको संलग्नताले गर्दा २ देशको सम्बन्ध जनस्तरसम्म फैलिएको उनको भनाइ थियो ।
अष्ट्रेलियन डेभलपमेन्ट कोअपरेसन कार्यक्रममा १९७९ मा नेपाललाई समावेश गराइएपछि आपसी सहयोग अझ बढेको मुख्यमन्त्री पोखरेलले स्मरण गर्नुभयाे । अष्ट्रेलियन सरकार र निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, वन वातावरण, प्रविधि, मानव विकास, ग्रामीण विकास, शान्ति निर्माण प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयाे ।

नेपालले कपडा, कार्पेट, पेन्टिग आदि अष्ट्रेलियन निर्यात गर्दै आएको छ । भने नेपालले प्रशोधित तेल, तरकारी आदिको आयात गर्ने गर्दछ । मुख्यमन्त्री पोखरेलले भन्नुभयाे, ‘अष्ट्रेलियन नेपालीका लागि प्यारो घरजस्तो भएको छ । ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गएका छन् ।’

कतिपय नेपाली युवाहरु अष्ट्रेलियामा राम्रो काम प्राप्त गर्न सफल भएको र कतिपयले स्थायी आवासको अनुमति लिई परिवार नै बसोवास गरेको अवस्था छ । नेपाली विद्यार्थी र अष्ट्रेलियामा बसोबास गर्ने नेपालीप्रति अष्ट्रेलियामा देखाइएको सहयोगका लागि मुख्यमन्त्रीले आभार प्रकट गर्नुभयाे ।

प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र अष्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यका लागि समेत मुख्यमन्त्री पोखरेलले चासो व्यक्त गर्नुभयाे । राजदूत फ्यालिसिटी भोल्कले अष्ट्रेलिया सरकारले नेपालमा लामो समयदेखि शासकीय सुधारका क्षेमा काम गर्दै आएको भन्दै अहिले पनि संघीयता सुदृढीकरणमा समेत अहिले पनि आर्थिक र प्राविधिक सहयोग गरिरहेको जानकारी गराउनुभयाे । राजदूत भोल्कले सोमबार नै पोखराको हरियोखर्कस्थित ग्रिन पास्चर अस्पतालमा स्थापित अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएकाे छ ।

कोभिडका बेलामा नेपाल सरकारले दातृ निकायसँग गरेको आग्रह अनुसार अष्ट्रेलियाले सहयोग गरेको उहाँले स्मरण गर्नुभयाे । अहिले पनि कोभिडबाट प्रभावितका लागि आर्यआर्जनका क्षेत्रमा आइएनएफमार्फत् काम हुँदै आएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे,‘जीविकोपार्जन, आयआर्जन, अपांगता भएकाहरुकाको लागि सबलीकरण कार्यक्रममा हामीले सहयोग गर्दै आएका छौं ।’

उहाँले गण्डकी विश्वविद्यालयसँग अष्ट्रेलियाका शैक्षिक संस्थासँग सहकार्यका लागि समन्वय गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयाे । राजदूत भोल्कले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन र आसन्न प्रदेश सभा, प्रतिनिधि सभाको निर्वाचनको तयारीका बारेमा समेत राजदूतले चासो राख्नुभएकाे थियाे ।

अक्त अवसरमा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, कानुन, सञ्चार तथा संसदीय मामिला मन्त्री बिन्दुकुमार थापाले संघीयता कार्यान्वयमा देखिएका चुनौतीका बारेमा अनुभव सुनाउनुभयाे ।

भेटघाटमा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सभा सदस्य ओमकला गौतम, सरीता गुरुङ, ललितकला गुरुङ, मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा। रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवद्वय रामप्रसाद आचार्य र मनमाया पंगेनीसहित सहभागी थिए ।

cm aus ambassador 1 scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका