कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुखले गरे स्काउटको स्मारिका लोकार्पण • Nepal's Trusted Digital Newspaperकागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुखले गरे स्काउटको स्मारिका लोकार्पण • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुखले गरे स्काउटको स्मारिका लोकार्पण

कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुखले गरे स्काउटको स्मारिका लोकार्पण

  • समाचारपाटी
  • मङ्लबार, असार २८, २०७९
कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुखले गरे स्काउटको स्मारिका लोकार्पण

नेपाल स्काउट बिषम परिस्थितिमा गुज्रिरहेको छ :- रविन दाहाल

काठमान्डौँ । नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्युले आफ्नो १०औँ वार्षिकोत्सवकोे उपलक्ष्यमा स्काउट सम्बन्धि क्रियाकलापहरू सबै सामु पुर्याउने अभिप्रायले “नेसनल स्मारिका” प्रकाशन गरेको छ । उक्त स्मारिका कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतित्थ्यता र नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहलको बिशेष आतित्थ्यतामा लोकार्पण भएको थियो ।

मुलपानी स्थित बाल गीतान्जली स्कुलको प्राङणमा आयोजित सो समारोहमा प्रमुख अतिथी उपेन्द्र कार्कीले नगर भित्र रहेका सम्पूर्ण बिद्यालयहरुमा स्काउटिङ गतिबिधी सन्चालन गराउन आवश्यक सहयोग पुर्याउन आफु प्रतिबद्द रहेको जानकारी गराउनुभएकाे थियाे । त्यसैगरि बिशेष अतिथि दाहालले नेपाल स्काउट बिषम परिस्थितिबाट गुज्रिएको वर्तमान अवस्थामा युवा स्काउटहरु सचेत भएर अघि बढ्नु पर्ने बताउनुभएकाे थियाे । स्काउटको मुल्य र मान्यतामा विचलन आउन नदिन स्काउटिङ सिद्धान्त, नियम प्रतिज्ञालाई आत्मसात गर्न सबैलाई आग्रह गर्नुभएकाे थियाे । उहाँले नेसनल स्मारिकाले नेपाल स्काउटमा नयाँ आयाम थपेको भन्दै खुसि व्यक्त गर्नुभएकाे थियाे । त्यस्तै अर्का बिशेष अतिथि कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भिमसेन थापा द्वारा क्रयुमा स्काउटिङ गतिबिधी सन्चालन गराउन आफुले सकेको सहयोग गर्ने जानकारी गराउनुभएकाे थियाे ।

क्र्युका अध्यक्ष महेन्द्रराज घिमिरेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा तालिम दल अध्यक्ष विदुर गिरिले १० बर्ष अघि स्थापना गर्नुभयाे , संगै संकल्प गरेको स्मारिका लोकार्पण गरी प्रशादको रुपमा पस्कने मौका मिलेको भन्दै स्मारिका प्रकाशन कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद दिनुभयाे ।

“Better Scouting for Betterment of Nation”  भन्ने नारालाई मुल मन्त्र मानेर काठमान्डौँ जिल्लाको कागेश्वरी नगरपालिका एरिया भित्र छरिएर रहेका युवायुवतिहरु लाई आफ्नो परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा नै सकारात्मक भुमिका निर्वाह गर्न सक्ने सक्षम पार्दै शिप तथा ज्ञान प्रदान गर्ने कार्यमा कुनै कसर बाकी नराखी क्र्युमा रहेका रोभर रेन्जरहरुको बौद्धिक क्षमता अभिबृद्धी गराउने उद्देश्य अनुरुप प्रकाशित स्मारिकाको सबैले खुलेर प्रसँशा गरेका थिए ।

कार्यक्रममा कागेश्वोरी नगरपालिकाका बिभिन्न क्षेत्रका समाजसेवी तथा नेपाल स्काउटका विभिन्न ट्रुप र क्र्युका लिडर तथा नेपाल स्काउटका बिभिन्न पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

290545967 410238624401518 6180962906870951520 n 291717331 1032916054028553 4911551981745709315 n 1 292353805 593458972140885 3143653026594608907 n 292355587 349310137364806 156020094098156547 n

viber image 2022 07 10 00 19 57 470 viber image 2022 07 10 00 20 03 848

292416939 3299637456985665 6750547616382559784 n

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका