समाजसेवी दाहालद्धारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग • Nepal's Trusted Digital Newspaperसमाजसेवी दाहालद्धारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • समाजसेवी दाहालद्धारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

समाजसेवी दाहालद्धारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

  • समाचारपाटी
  • मङ्लबार, असार २८, २०७९
समाजसेवी दाहालद्धारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

तनहुँ । जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर तनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि मद्धत गर्नु भएको छ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत दुई
छात्राको एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क ३२ हजार रुपियाँ सहयोग गर्नुभएको हो ।

20220711 125418 scaled

लायन्स क्लब अफ तनहुँका अध्यक्ष समेत रहनु भएका दाहालले क्याम्पसमा सोमबार एक कार्यक्रमकाबीच क्याम्पस छात्रवृद्धि कोषको
संयोजक तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई सो रकम प्रदान गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष बह्मादत्त तिमिल्सिना, व्यास नगरपालिकाका प्रथम प्रमुख तथा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, कक्षा ११ र १२ का संयोजक चिरञ्जिवी बस्नेत लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने जरुरी रहेको औँल्याउनुभयो ।

गत वर्ष पनि समाजसेवी दाहालले जन्मदिनको अवसर पारेर जेहेन्दार विद्यार्थीको अध्ययनको लागि २७ हजार रुपियाँ सहयोग गर्नु भएको
क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । कार्यक्रममा दाहालले अध्यनको कुनै अप्ठ्यारो परेको जानकारी गराएमा आफ्नो तर्फबाट
भविष्य पनि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

दाहालले जन्मदिनमा फजुल खर्च कटाएर विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने तथा आश्रममा । रहेका जेष्ठ
नागरिकलाई खाद्यान्न सहयोग गरेर मनाउने गर्नुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका