पासाङ्ग शेर्पा र अरुणा गिरीको स्वरमा 'सोझा सिधाको' सार्बजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaperपासाङ्ग शेर्पा र अरुणा गिरीको स्वरमा 'सोझा सिधाको' सार्बजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पासाङ्ग शेर्पा र अरुणा गिरीको स्वरमा ‘सोझा सिधाको’ सार्बजनिक (भिडियो सहित)

पासाङ्ग शेर्पा र अरुणा गिरीको स्वरमा ‘सोझा सिधाको’ सार्बजनिक (भिडियो सहित)

  • समाचारपाटी
  • मङ्लबार, असार २८, २०७९
पासाङ्ग शेर्पा र अरुणा गिरीको स्वरमा ‘सोझा सिधाको’ सार्बजनिक (भिडियो सहित)

काठमान्डाैँ । सोह्र सत्र बैंशको उन्मादलाई केन्द्रित गरेर भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्बजनिक भएको छ । अरुणा गिरी र पासाङ्ग शेर्पाको प्रस्तुतिमा रहेको ”सोझा सिधाको” बोलको उक्त गीतमा लय अरुणा गिरीको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा पासाङ्ग शेर्पा र अरुणा गिरीको सुमधुर स्वर सुन्न सकिन्छ ।

यस गीतका प्रस्तुतकर्ता पासाङ्ग ले केहि समय अगाडी मात्रै सारै नै रमाइलो लाको छ, गाईको गोबर, लगाएतका गीत बजारमा ल्याउनुभएकाे थियाे । हाल प्रवासमा रहनुभएकाे उहाँले यी गीतहरु बाहेक अन्य गीतहरु पनि बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसक्नुभएकाे छ । स्थायी घर दोलखा भएका पासाङ्गले अन्य गीतहरु पनि बजारमा आउन बाँकी रहेको जानकारी गराउनुभएकाे छ ।

सोझा सिधाको बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ्ग, कोरिग्राफी, र म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त देखिएका कलाकार राज तामाङ्ग प्रकाश, आयुष्मा कार्की र दिपा खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रतिभावान कलाकार राज तामाङ्ग प्रकाश ले नै गर्नुभएकाे हाे भने छायांकन मुकेश हुमागाईं र समुह साथै सम्पादन मिन रावलले गर्नुभएकाे हाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका