चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट • Nepal's Trusted Digital Newspaperचरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट

  • समाचारपाटी
  • आइतवार, असार २६, २०७९
चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट

पोखरा । स्याङ्जा गण्डकी यातायात प्रा.लि.मा आवद्ध सवारी साधनहरुले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् । पोखरामा स्याङ्जा गण्डकी यातायात प्रा.लि. र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पताल बीच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र प्रा.लिका कोषाध्यक्ष महेश बहादुर थापाले हस्ताक्षर गर्नुभएकाे हाे ।

स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भईपरि आउने दुर्घटनाका घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ ।

यस्तै प्रालिमा आवद्ध कर्मचारी तथा उनीहरुका परिवारको दुर्घटना तथा अन्य उपचारमा पनि विशेष छुट सहित उपचार गरिने सम्झौतामा भएको प्रा.लिका महासचिव भानुभक्त बरालले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका