आईतवार (आज) मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद धुमधामका साथ मनाइएको छ ।
नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समुदायले सामूहिक रुपमा नमाज पढेर सो पर्व मनाउने गर्दछन । नमाज पढिसकेपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको मौलाना जियाउल मुस्तफा नुररानीले बताउनु भयो ।
यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम समुदायले आफूलाई जायज लागेका जनावरलाई बलि दिने गर्दछन । यसैबीच, नेपाल सरकारले यसै अवसर पारेर आज सार्वजनिक बिदा समेत दिएको छ ।