लायन्स क्लब अफ पोखरा लालीगुराँसले सेतो गुराँसलाई चार्टर हस्तान्तरण • Nepal's Trusted Digital Newspaperलायन्स क्लब अफ पोखरा लालीगुराँसले सेतो गुराँसलाई चार्टर हस्तान्तरण • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • लायन्स क्लब अफ पोखरा लालीगुराँसले सेतो गुराँसलाई चार्टर हस्तान्तरण

लायन्स क्लब अफ पोखरा लालीगुराँसले सेतो गुराँसलाई चार्टर हस्तान्तरण

  • समाचारपाटी
  • आइतवार, असार २६, २०७९
लायन्स क्लब अफ पोखरा लालीगुराँसले सेतो गुराँसलाई चार्टर हस्तान्तरण

पाेखरा । पोखरा २५ हेमजामा शनिवार आयोजित कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालीगुराँसले लायन्स क्लब अफ पोखरा सेतो गुराँसलाई चार्टर हस्तान्तरण गरेको छ ।

लायन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गवर्नर ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष केशवशरण पौडेल, चार्टर प्रेसिडेंट बसन्त बाँस्तोला र सम्मानित ब्यक्ति माधव शरण बाँस्तोलाले मन्तव्य राख्नुभएकाे थियाे ।

उक्त अवसरमा देविलाल सापकोटा समाजसेवी अक्षयकोष द्वारा माधव शरण बाँस्तोलालाई सम्मान गरिएको थियो । अक्षयकोष बाट प्रत्येक वर्ष एक समाजसेवीलाई सम्मानित गरिँदै आएको छ । प्रथम उपाध्यक्ष ऋषिराम पौडेलले स्वागत गरी सुरु भएको कार्यक्रममा द्वित्तीय उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले राष्ट्रीय ध्वजा अभिवादन गर्नुभएकाे थियाे ।

वर्ष २१÷२२ का अध्यक्ष कपिलदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव भेषराज बाँस्तोलाले गर्नुभएकाे थियाे ।

 

292282721 1213232469217099 8165863588698432889 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका