लेखनाथ । परमार्थनगर क्लवले पोखरा २७ डाडाकोनाकमा निःशुल्क दन्त शिविर सम्पन्न को गरेको छ । केबिन न्यु होराईजन डेन्टल सेन्टरको प्रायोजनमा आयोजित शिविरमा डा मनोज कुमाल, डा गगा भण्डारी तथा उर्मिला कुमालले दन्त विरामीहरुको चेकजाँच गर्नुभएको थियो ।
डाडाकोनाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा रहेका ११ जना बालबालिकाहरुको निशुल्क दन्त परिक्षण गर्ने निर्णय समेत गरिएको क्लवका उपाध्यक्ष विकाश लामिछानेले जानकारी दिनुभएकाे छ ।
पोखरा २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गका प्रमुख आथित्तयतामा दन्त शिविर कार्यक्रम गरिएकाे थियाे । वडा अध्यक्ष गुरुङ्गले भोलिका कर्णदार युवाहरुलाई सतकर्मको बाटो देखाउन आवश्यक रहेको र यस क्लव बाट युवाहरु लाई सम्मेलित गरि विभिन्न रचनात्मक कार्य गरिरहेकोमा खुसी रहेको भाव व्यक्त गर्नुभएकाे थियाे ।
समाजसेवि तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि सुरजजङ्ग राणाले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएकाे थियाे । निःशुल्क दन्त शिविरमा १०० जनाले आफ्नो दातको चेकजाँच गरि लाभ लिएको क्लवले बताएकाे छ ।
क्लवका अध्यक्ष मनोज गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संचालन सचिव आदर्श लामिछानेले गर्नुभएकाे थियाे ।