पूर्व सुरक्षाकर्मी परिषदले आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ विधेयक संशोधन विषयक अन्तरक्रिया गर्दैछ ।
पूर्व सुरक्षाकर्मी परिषद नेपाल, सैनिक एकल महिला तथा घाईते परिवार समूह, अमर सशस्त्र प्रहरी परिवार तथा अशक्त घाईते परिवार संघ र घाईते तथा अशक्त अपाङ्ग भु. पू. सुरक्षाकर्मी संघ नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ विधेयक संशोधन विषयक अन्तरक्रिया गर्ने जनाएको हो । कार्यक्रम आज भद्रकालीमा हुनेछ ।