पोखरा ३३ भरतपोखरीमा रचना वाचन असारे भाका र रैथाने विमर्श • Nepal's Trusted Digital Newspaperपोखरा ३३ भरतपोखरीमा रचना वाचन असारे भाका र रैथाने विमर्श • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा ३३ भरतपोखरीमा रचना वाचन असारे भाका र रैथाने विमर्श

पोखरा ३३ भरतपोखरीमा रचना वाचन असारे भाका र रैथाने विमर्श

  • समाचारपाटी
  • आइतवार, असार २६, २०७९
पोखरा ३३ भरतपोखरीमा रचना वाचन असारे भाका र रैथाने विमर्श

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी डाडागाउंमा शनिवार रचना वाचन, असारे भाका र रैथाने विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

सिर्जना र असार समूह साहित्य श्रृंखला पोखराका संयोजक स्ट्रगल रानाकोे अध्यक्षतामा भएको कार्यक्रममा  बोल्दै पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाका संरक्षण हुनुपर्ने वताउँदै गीतहरु समेत प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल , बसन्धरी भुवाईको समूह,संगम सास्कृतिक समूह,शिब अधिकारी,ज्ञानु आचार्य,भीमराज आश्रम,भीम रानाभाट लगायतका स्रष्टाले रचना वाचन गर्दै आआफ्ना प्रस्तुति राख्नुभएकाे थियाे ।

सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्यले कार्यक्रममा स्वागत गर्नुभएकाे थियाे भने काजी गाउँलेले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे । संस्थाका परिकल्पनाकार धनबहादुर तामाङ्ग, स्थानीय धनबहादुर भुजेल,हेम बहादुर थापा किरण लगायतले बोल्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका