जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार • Nepal's Trusted Digital Newspaperजापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

  • समाचारपाटी
  • शुक्रबार, असार २४, २०७९
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार
photo source: nepalkhabar

काठमान्डौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उहाँमाथि पछाडिबाट गोली प्रहार भएको हो ।

जापानका मिडियाहरुका अनुसार उहाँ बेहोस अवस्थामा हुनुहुन्छ । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यसपछि उहाँलाई हृदयाघात भएको हुनसक्ने अनुमान छ ।

उहाँलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उहाँको अवस्था गम्भीर छ । गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उहाँ अझै पनि प्रभावशाली नेताको रुपमा रहनुभएका छ ।

यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उहाँले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लड्नुभएकाे थियाे ।

उहाँलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका