तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप सुरु • Nepal's Trusted Digital Newspaperतेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप सुरु

तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप सुरु

  • समाचारपाटी
  • शुक्रबार, असार २४, २०७९
तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप सुरु

नेपाल ईस्पोर्टस् संघको आयोजनमा तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप आज २०२२ आषाढ २३ देखि सुरु भएको छ । पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करणको फाईनल खेल आजबाट सुरु गरेको हो ।

च्याम्पियनसिपको सँस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले एक कार्यक्रम बीच पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएकाे हाे । छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकैनै रुचाईएको खेल पर्दछ ।

थापाथलीस्थित एपी १ को स्टुडियोमा सुरु भएको च्याम्पियनसिपमा डोटा २, सिएस गो , एमएलबिबी , टेकेन ७  र पब्जी गरि ५ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरुले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा उपाधीका लागि प्रतिस्पर्धा हुने छ ।

च्याम्पियनसिप ईन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ । च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।

च्याम्पियनसिपलाई विभिन्न संघ संस्थाले साथ दिएका छन् । जसमध्ये ईभेन्ट्स म्यानेजमेण्टको जिम्मेवारी माईस प्रा .लि. ले लिएको छ । यस्तै एपि १ ले स्थान उपलब्ध गराएको छ भने प्राईम कलेजले पनि च्यामिपयनसिपलाई साथ दिएको छ । प्राईमले विजयी ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ती प्रदान गर्ने भएको छ ।

sports

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका