'अधिकार र कानुनी सचेतनाबारे  जो कोही जानकार हुनुपर्छ' :- अध्यक्ष बानियाँ • Nepal's Trusted Digital Newspaper'अधिकार र कानुनी सचेतनाबारे  जो कोही जानकार हुनुपर्छ' :- अध्यक्ष बानियाँ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘अधिकार र कानुनी सचेतनाबारे  जो कोही जानकार हुनुपर्छ’ :- अध्यक्ष बानियाँ

‘अधिकार र कानुनी सचेतनाबारे  जो कोही जानकार हुनुपर्छ’ :- अध्यक्ष बानियाँ

  • समाचारपाटी
  • शुक्रबार, असार २४, २०७९
‘अधिकार र कानुनी सचेतनाबारे  जो कोही जानकार हुनुपर्छ’ :- अध्यक्ष बानियाँ

पोखरा महानगरपालिका वडा नं –१५ ले ‘महिला तथा बालबालिका सचेतना’ कार्यक्रम सम्पन्न गरेको छ। वडामा बसोबास गर्ने महिला तथा बालबालिकाका हक अधिकार, कानुनी सचेतनाका साथै महिला बालबालिका माथि हुने हिंसा र दुर्व्यवहारबारे ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा –१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा,अधिकार र कानुनी सचेतनाबारे जो कोही जानकार रहनुपर्ने बताउनुभयाे। उहाँले यसबारे सूचना प्रदान गर्न र वडामा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आगामी बजेटमा पनि प्राथमिकतामा राखिएको बताउनुभयाे।

कार्यक्रममा पोखरा महानगरपालिकाका न्यायिक समितिका सल्लाहकार राममणि अधिकारीले महिला सचेतनाका बारेमा बोल्दै समाजमा बस्दा आइपर्ने विविध समस्याहरूका बारेमा महिलाले गर्नुपर्ने सहजिकरणका साथै विवाद समाधानका लागि चाल्नु पर्ने कदमहरूका बारेमा जानकारी दिनुभयाे। उहाँले विवाद आइपरेमा दोहरो पक्षको कुरा सुन्ने, न्याय अन्याय छुट्याउने, छिमेकीसँग कुरा गर्ने र विवाद समाधानका उपाय निकाल्नु पर्नेमा जोड दिनुभयाे।

यस्तै, प्रशिक्षक भोलानाथ पौडेलले बाल अधिकारका बारेमा बोल्दै बालबालिकाको संरक्षण, पालन पोषण, शिक्षा लगायत चेतना अभिवृद्धिका लागि ध्यान दिनुपर्ने बताउनुभयाे। उहाँले ‘बच्चाले जे भोग्छ, त्यही सिक्छ’ भन्दै भविष्यमा बालबालिकालाई कस्तो बनाउने भन्ने जिम्मेवारी बाबुआमा तथा संरक्षकको हातमा रहने भन्दै उनीहरूको बाल मस्तिष्क अनुकूल वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयाे। पौडेलले बालबालिकालाई दिइने यातना, बालबालिका अनुकूल न्याय, जोखिममा रहेका बालबालिकाको संरक्षण, उनीहरूको अधिकार र दायित्वबारे सचेतना बाँड्नुभएकाे थियाे।

कार्यक्रममा पत्रकार अधिवक्ता तथा सामाजिक अभियन्ता शुष्मा पौडेलले ‘आज खुसी हुन नसक्ने मानिस संधैभरी खुसी रहन नसक्ने’ भन्दै खुसी रहन अपनाउनुपर्ने उपायहरू बारे बताउनुभयाे। मानिस जन्मिएर जान्ने बुझ्ने भएपछि मृत्यु पर्यन्त खुसीको आसमा बस्ने गरेको भन्दै खुसी कसैले नदिएर आफै भित्र खोज्नुपर्ने बताउनुभयाे। उहाँले कानुनी संविधान चिन्नुपर्ने भन्दै महिला हिंसाबारे महिलाहरू नै सचेत भएर हक अधिकारको बारेमा जानकारी राख्नुपर्नेमा जोड दिनुभयाे।

कार्यक्रमको संयोजन कार्यपालिका सदस्य मन्दिरा परियारले गर्नुभएकाे थियाे। भने, सेतीमाया गुरुङ, आशिष भण्डारी र वलराम पौडेल सदस्यहरुले सहजीकरण गर्नुभएकाे थियाे।

2 3 3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका