साझा यातायातका ३ वटा विद्युतीय बस आजबाट सञ्चालनमा • Nepal's Trusted Digital Newspaperसाझा यातायातका ३ वटा विद्युतीय बस आजबाट सञ्चालनमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • साझा यातायातका ३ वटा विद्युतीय बस आजबाट सञ्चालनमा

साझा यातायातका ३ वटा विद्युतीय बस आजबाट सञ्चालनमा

  • समाचारपाटी
  • बिहिबार, असार २३, २०७९
साझा यातायातका ३ वटा विद्युतीय बस आजबाट सञ्चालनमा

काठमान्डाैँ । साझा यातायातले आजबाट ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । आज ललितपुरको पुलचोकबाट पहिलो चरणमा ल्याएका विद्युतीय बसले आफनो सेवा सुचारु गरेका हुन । चीनको नानजिङस्थित सिएचटिसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा निर्माण भएका यी बसले आजबाट काठमान्डौंमा सेवा थालो हुन । विद्युतीय बसको सेवा सुचारु भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले अहिले सडकमा जाँदा विद्युतीय बसको प्रशिक्षणको रुपमा जाने बताउनु भयो ।

उहाँले दशैँ अघिसम्म ३७ वटा अन्य विद्युतीय बस ल्याउने बताउनु भयो । अध्यक्ष दिक्षितले आफनो जिम्मा पब्लिक ट्रान्सपोर्टमा यो रकम विनियोजन गर्ने बताउनु भयो । पछिल्ला दिनमा लामो दूरी र अन्य शहरमा पनि यसरी विद्युतीय बसको सेवा बिस्तार गर्ने बताउनु भयो । उहाँले आगामी आउने बसहरु धेरै लामा र ठूला हुने बताउनु भयो । उहाँले विद्युतीय बसहरु अपाङगमैत्री हुने बताउनु भयो । बस धेरै नहल्लिने र धेरै सुविधापूर्ण तरिकाले यात्रा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्युतीय बस आएपन चार्जिङ स्टेशनहरुको समस्या रहेको र नेपाल विद्युत प्राधिकरणसँग समन्वय र छलफल भइरहेको बताउनु भयो ।

विद्युतीय बसको उदघाटन गर्दै साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले समयसँगै परिवर्तन हुने र त्यसलाई देख्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अबका केही वर्षपछि उडने मोटर नेपालमा आउने बताउनु भयो । उहाँले समाज जहिल्यै एउटै नहुने भएकोले परिवर्तनसँगै जिउन आवश्यक रहेको बताउनु भयो

संस्थापक अध्यक्ष परिवर्तन समाजसँगै साझा यातायात चल्नुपर्ने बताउनु भयो । उहाँले सहकारीहरु पनि समयानुसार चल्ने बताउनु भयो । विद्युतीय बस नयाँ बसपार्क, बालाजु, ठमेल, रत्नपार्क, सिंहदरबार, बानेश्वर मिनभवन हुँदै एयरपोर्टसम्म सञ्चालन हुनेछन । त्यसमध्ये अर्को एउटा बस, लगनखेल, लैनचौर, बाँसबारी हुँदै बुढानीलकण्ठ जानेछ । बसमा चालक र सहचालकको रुपमा महिला रहेका छन ।

saja yatayat sajha bus2

saja bus

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका