मंगलवार बसेको मन्त्रीपरिषदका निर्णयहरु • Nepal's Trusted Digital Newspaperमंगलवार बसेको मन्त्रीपरिषदका निर्णयहरु • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • मंगलवार बसेको मन्त्रीपरिषदका निर्णयहरु

मंगलवार बसेको मन्त्रीपरिषदका निर्णयहरु

  • समाचारपाटी
  • बिहिबार, असार २३, २०७९
मंगलवार बसेको मन्त्रीपरिषदका निर्णयहरु

 

सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ ।

अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको हो । बुधवार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बाल परिषदको कार्यकारी निर्देशक पद हालको बालबालिका सम्बन्धि नियमावली २०७८ मा नभएकाले वर्तमान कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गरी राष्ट्रिय बाल परिषदको उपाध्यक्षसहित तीन जना सदस्यहरु र सदस्यसचिव नियुक्त गरेको बताउनु भयो ।

सरकारका प्रवक्ता कार्कीले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको बताउनु भयो । त्यस्तै, नेपाल प्रहरीको क्षमता विकास सहितको साइबर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान साहयता स्वीकार गरेको छ । हरित ग्यास उत्सर्जन न्यनिकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ उर्जा प्रवद्र्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान साहयता स्वीकार सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उहाँले हरित तथा नविकरणीय उर्जा प्रवद्र्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४. ५ मिलियन बराबरको आर्थिक प्राविधिक साहयता स्वीकार गर्ने निर्णय पनि गरेको पनि बताउनु भयो । त्यस्तै, सरकारले पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान साहयता सम्बन्धि दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारले २०७९ असार २४ देखि २६ गतेसम्म भारतको डिल्लीमा रि फाइडिङ द फिउचर विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई सहभागि हुन स्वीकृत दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार संयुक्त राष्ट्र संघको आयोजनामा २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम र २९ देखि ३१ सम्म आयोजना हुने मिनिटेरियल सेग्मेण्टमा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय पनि गरेको छ । त्यस्तै, नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । त्यस्तै,सशस्त्र प्रहरी दास्रो संशोधन नियमावली २०७९ स्वीकृत भएको छ ।

सरकारले प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिष्टेशन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता कार्कीले सरकारले विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिवी परिवारको सूची सूचिकृत सूची स्वीकृत गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँले वागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगर स्थित शतनचुली सामुदायिक वनको कुल जम्मा ०.६ प्रतिशत ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको बताउनु भयो । त्यस्तै मन्त्रीपरिषदले कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मिति २०७९ असार २४ गते देखि २६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने गरि फाउण्डिङ द फिउचर विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेललाई सहभागि हुन स्वीकृत प्रदान गर्ने ।

संयुक्त राष्ट्र संघको आयोजनामा वि.स २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम २९ देखि ३१ सम्म आयोजना हुने मिनिस्टेरियल सेग्मेण्ट र साउनमा हुने हाइलेभल सेग्मेण्टमा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।

खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

नेपाल प्रहरीमा क्षमता विकास सहितको साइवर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान साहयता स्वीकार गर्ने ।

हरित ग्यास उत्सर्जन न्यनिकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ उर्जा प्रवद्र्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान साहयता स्वीकार गर्ने ।

हरित तथा नविकरणीय उर्जा प्रवद्र्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४. ५ मिलियन बराबरको आर्थिक प्राविधिक साहयता स्वीकार गर्ने ।

पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान साहयता सम्बन्धि दस्तावेजलाई अन्तिम रुप दिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने

विभूषणका सदस्यमा रहनु भएका अन्य सदस्य यतावत रहने गरी कलाकार श्री मदनदास श्रेष्ठको सटटामा कला क्षेत्रबाट संगितकार श्री शम्भुजित बास्कोटालाई विभूषण समितिको सदस्य तोक्ने ।

नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने ।

सशस्त्र प्रहरी दास्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।

प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिष्टेशन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने ।

विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिवी परिवारको सूची सूचिकृत सूची स्वीकृत गर्ने ।

राष्ट्रिय बाल परिषदको कार्यकारी निर्देशक पदको हालको बालबालिका सम्बन्धि नियमावली २०७८ मा नभएकाले कार्यकारी निर्देशक श्री मिलनराज धरेललाई पदमुक्त गर्ने र राष्ट्रिय बाल परिषदको उपाध्यक्ष तीन जना सदस्यहरु र सदस्यसचिव नियुक्त गर्ने ।

वागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरेस्थित शतनचुली सामुदायीक वनको कुल जम्मा ०.६ प्रतिशत ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने ।

कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने ।

भाषा आयोगको पदमा डा. अमरराज गिरी,प्राध्यापक डा. कृष्णप्रसाद न्यौपाने,मातृकाप्रसाद पोखरेल,गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त गर्ने ।

विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।

नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा श्री रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा श्री गोर्कणप्रसाद सिटौलालाई नियुक्त गर्ने ।

नेपाल प्रशासन सेवा सामुहीकरण तर्फको राजपत्राङकृत विशिष्ट श्रेणीको रिक्तपदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गर्ने ।

नेपाल कृषि तथा वन सेवा सामुहीकरण तर्फको राजपत्राङकृत विशिष्ट श्रेणीको रिक्तपदमा डा. दिपककुमार खराललाई बढुवा गर्ने ।

नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा प्रमुख कन्सल्टटयान्ट अफटेटीसियन गाइनोकोलोजिष्ट डा.संगीता कौसल मिश्रलाई बढुवा गर्ने ।

हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने ।

वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापना निर्देशिक २०७९ स्वीकृत गर्ने’

मन्त्री कार्कीले भाषा आयोगको पदमा डा. अम्मरराज गिरी, प्राध्यापक डा. कृष्णप्रसाद न्यौपाने, मातृकाप्रसाद पोखरेल,गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त गर्ने निर्णय भएको बताउनु भयो ।उहाँले विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय भएको बताउनु भयो । त्यस्तै सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गर्ने भएको छ ।

नेपाल प्रशासन सेवा सामुहीहकरण तर्फको राजपत्राङकृत विशिष्ट श्रेणीको रिक्तपदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गरेको छ । नेपाल कृषि तथा वन सेवा सामूहीकरण तर्फको राजपत्राङकृत विशिष्ट श्रेणीको रिक्तपदमा डा. दिपककुमार खराललाई पनि बढुवा गरेको छ । त्यस्तै, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा प्रमुख कन्सल्टटयान्ट अफटेटीसियन गाइनोकोलोजिष्ट डा.संगीता कौसल मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्री कार्कीका अनुसार हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापना निर्देशिक २०७९ स्वीकृत गर्ने समेत निर्णय भएको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका