नेपाल प्रेस युनियनकाे अध्यक्षमा पदमा अनिता बिन्दुको उम्मेदवारी घोषणा • Nepal's Trusted Digital Newspaperनेपाल प्रेस युनियनकाे अध्यक्षमा पदमा अनिता बिन्दुको उम्मेदवारी घोषणा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नेपाल प्रेस युनियनकाे अध्यक्षमा पदमा अनिता बिन्दुको उम्मेदवारी घोषणा

नेपाल प्रेस युनियनकाे अध्यक्षमा पदमा अनिता बिन्दुको उम्मेदवारी घोषणा

  • समाचारपाटी
  • बुधबार, असार २२, २०७९
नेपाल प्रेस युनियनकाे अध्यक्षमा पदमा अनिता बिन्दुको उम्मेदवारी घोषणा

नेपाल प्रेस युनियनको ९ औँ आसन्न महाधिवेशनको लागि अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवार घोषणा गर्नुभएकाे छ । पोखरामा बुधबार आयोजित युनियन कास्कीको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेताहरुलाई साथमा राखेर उहाँले उम्मेदवारी घोषणा गर्नुभएकाे हाे ।

युनियनकी पूर्व उपाध्यक्ष समेत भएकोले अब अध्यक्षको लागि मैदानमा होमिएको बताउनुभयाे । उहाँले कुनै समूह मिले समूहबाट नभए स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी रहने बताउनुभयाे । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत् अनिता बिन्दुको स्थायी घर गण्डकी प्रदेशकै स्याङ्जा हो ।

यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ । हालका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र राजबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएकाे छ ।

पत्रकार महासंघ कास्की अध्यक्ष समेत रहेकी बिमला भण्डारीले पनि पदाधिकारीमै उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ । केन्द्रीय सदस्यका लागि रेम बिक, परशुराम शर्मा लगायतले चाहना व्यक्त गर्नुभएकाे छ । युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौडामा हुँदैछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका