पोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषदमा लैजान्छुः पर्यटनमन्त्री श्रेष्ठ • Nepal's Trusted Digital Newspaperपोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषदमा लैजान्छुः पर्यटनमन्त्री श्रेष्ठ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषदमा लैजान्छुः पर्यटनमन्त्री श्रेष्ठ

पोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषदमा लैजान्छुः पर्यटनमन्त्री श्रेष्ठ

  • समाचारपाटी
  • बुधबार, असार २२, २०७९
पोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषदमा लैजान्छुः पर्यटनमन्त्री श्रेष्ठ

 

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषदमा लैजाने बताउनुभएको छ ।

बुधवार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले यस्तो बताउनुभएको हो । पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ । सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो । जसमा पर्यटमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रश्ताव प्रक्रिया तत्काल थाल्ने बताउनु भयो । मन्त्री श्रेष्ठले पोखरा पर्यटकको लागि एक गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पोखरा पर्यटकको लागि एउटा गन्तव्यस्थल हो । धेरै पर्यटक जाने ठाउँ पनि हो । त्यो हिसावले पर्यटन क्षेत्र र शहरलाई व्यवस्थित गरी पर्यटक हिसावले आकर्षण हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही मान्यताका हिसाबले यो बसपार्क निर्माण गर्ने काम भएको हो । औपचारिक रुपमा महानगरलाई हस्तान्तरण गरेका छौं । भोलिका दिनमा सबै व्यवस्थापनको काम महानगरले गर्नेछ । पोखरा महानगरलाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गर्नुभएको छ । त्यो घोषणाको लागि सरकारलाई माग गर्दै पत्र दिनुभएको छ । यो निकै महत्वपूर्ण विषय हो । नेपालको लागि नयाँ खालको विषय हो । यसलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ । यो प्रक्रियालाई अगाडि बढाउँछौं । मन्त्रीपरिषदमा निर्णयको लागि प्रश्ताव लानेछौं ।’

त्यस्तै,पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकहरुको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि बढाउने बताउनु भयो । उहाँले पर्यटक आउने पर्यटन बसपार्क अव्यवस्थित भएकाले अब पर्यटन बसपार्क व्यवस्थित बनाउने बताउनु भयो । मेयर आचार्यले १८ रोपनी क्षेत्रफलमा फैलिएको पर्यटन बसपार्क करिव ८ करोडको लगानीमा निर्माण सम्पन्न भएर आजबाट त्यसको जिम्मेवारी महानगरलाई आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पोखरामा लेकसाइडको नजिकै १८ रोपनी क्षेत्रफलमा पर्यटनहरु लिएर आउने बसहरुलाई पार्किङ गर्न पर्यटन बसपार्क बनाएका छौं । पार्किङ स्थान हिलो,धुलो रहेको थियो । त्यसलाई पर्यटन विभागले करिव ८ करोडको बजेटमा बसपार्क निर्माण सम्पन्न गरेर शौचालय,पसल स्टलहरु सहितको आधुनिक पर्यटन बसपार्क निर्माण भएको छ । त्यो आयोजना पर्यटन विभागमार्फत पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ । त्यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउँछौं । पोखराको समग्र पर्यटन विकासका लागि यो ठूलो सहयागी बन्नेछ ।’

मेयर आचार्यले पर्यटन बसपार्क निर्माणले पोखराको समग्र पर्यटन विकासका लागि ठूलो योगदान पुर्याउने बताउनु भयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका