फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने • Nepal's Trusted Digital Newspaperफिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने

फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने

  • समाचारपाटी
  • बुधबार, असार २२, २०७९
फिल्म ‘गुञ्जन’ पुस २९ रिलिज हुने

काठमान्डौँ फिल्म ‘गुञ्जन’ आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म बितरकका लागि काठमान्डौंमा
जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेको हो ।

विशुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवालागौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान,कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट,आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्नुभएकाे हाे । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जन फिल्मका निर्देशक हुनुहुन्छ । थुप्रै फिल्ममा द्धोन्द निर्देशन गरेका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्नुभएकाे हाे ।आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै अनुभव ‘गुञ्जन’ मा खन्याएको अष्टले बताउनुभयाे ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । काठमान्डाैँ, पोखरा,
जोमसोममा र दुवईमा छायांकन भएको छ ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ ।

उहाँले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गर्नुभएकाे छ ।

Capture gunjan 1 zE1T91dAAa

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका