धरान । धरान सराेकार समाज काठमान्डौँले धरान–६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्र भेन्चर वेस्ट टु ईनजी प्रालि परिसरमा वृक्षारोपण गरेको छ । वातवरणीय अनुकुलताका लागि समाजले मंगलबार विभिन्न औषधीय गुण भएका विरुवा रोपेको हाे ।
समाजका अध्यक्ष प्रभु श्रेष्ठका अनुसार जामुल, निम, बेल, सरिफा, अर्जुन, रिठ्ठा, वटर व्रुस, तितरी, शिरिसलगायतका ५० थान विरुवा रोपिएको छ । उक्त विरुवा जिल्ला वन कार्यालय सुनसरीले उपलब्ध गराएको थियो ।
वृक्षारोपण कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, सदस्यहरु सम्राट श्रेष्ठ, दिपक बनेपाली, युएन वमनकी परामर्शदाता तथा महिला अधिकारकर्मी सरु श्रेष्ठ जोशी,सुप्रिया माझी र लायन्स कल्ब धरान-पन्चकन्याका अध्यक्ष एकता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
भेन्चर वेस्ट टु ईनजी प्रालिले धरान उपमहानगरबाट निस्किएको फोहोरलाई प्रशोधन गरेर ग्यास तथा मल उत्पादन गदैं आएको छ । २० बर्ष पछि धरान उपमहानगरलाई हस्तान्तरण गर्ने गरि कम्पनिले फोहोरबाट ग्यास र मल उत्पादन गदैं आएको छ । सो क्षेत्रको वातवरण स्वच्छ र सफा राख्न समाजले वृक्षारोपण गरेको हो ।