गायक अर्जुन पन्तको स्वरमा मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायक अर्जुन पन्तको स्वरमा मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • गायक अर्जुन पन्तको स्वरमा मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक

गायक अर्जुन पन्तको स्वरमा मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, असार २२, २०७९
गायक अर्जुन पन्तको स्वरमा मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक

काठमान्डौं । गायक अर्जुन पन्त र गायिका जमुना पौडेल लामिछानेको स्वरमा रहेको मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक भएको छ । गीतमा बालकलाकार सगुन आचार्य र अपर्ण परियार समेतको स्वर रहेको छ । गीतमा गायक अर्जुनकै शब्द तथा संगीत रहेको छ ।

मौलिक लोक लयमा आधारित गीत भएको कारणले पनि आमदर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताउनुभयाे । एम थापाले गीतलाई एरेन्ज गर्नुभएकाे छ । निशान एस के ले नै निर्देशन गरेको म्यूजिक भिडियोमा सुरविर पण्डित , जुना कार्की , अर्जुन पन्त ,मन्जु तामाङ्ग र बालकलाकारहरु सगुन शाही , सुदिप बत्सयाल , भुमिका बत्सयाल र अपर्ण परियार ‘जिरे’ लगायतले अभिनय गरेका छन् ।

नविन गिरीको छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश एसकेले सम्पादन गर्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका