विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाता कोइरालाकाे माग • Nepal's Trusted Digital Newspaperविराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाता कोइरालाकाे माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाता कोइरालाकाे माग

विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाता कोइरालाकाे माग

  • समाचारपाटी
  • मङ्लबार, असार २१, २०७९
विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाता कोइरालाकाे माग

काठमान्डौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएकाे छ ।

काठमान्डौंमा गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गर्नुभएकाे हाे ।

‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्यूजियमको रुपमा बनाऔँ । त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न । विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ । हामीले म्यूजियम बनायौँ भने यो नेपाली काँग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ,’ उहाँले भन्नुभयाे, ‘अहिले प्रधानमन्त्री नेपाली काँग्रेसको हुनुहुन्छ, उहाँले त्यसलाई संग्रहालयको रुपमा अघि बढाउनु हुनेछ भन्ने चाहना छ । ऐतिहासिक सामग्रीहरु छन् । यसलाई छिटोभन्दा छिटो अघि बढाउँ ।’

नेतृ कोइरालाले नेपाली कांग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका