मन्त्री बराल माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित  • Nepal's Trusted Digital Newspaperमन्त्री बराल माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मन्त्री बराल माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित 

मन्त्री बराल माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित 

  • समाचारपाटी
  • सोमवार, असार २०, २०७९
मन्त्री बराल माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित 

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा मनोनित हुनुभएकाे छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा बराललाई केन्द्रिय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गर्नुभएकाे थियाे । मन्त्री बराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्य हुनुभएकाे थियाे ।

त्यसै गरी बैठकले आसमान रोका, तेज कुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमा मनोनयन गरेको श्रोतको भनाई छ । मनोनित भएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाउनुभएकाे छ । काठमान्डाैँमा सोमबार देखि सुरु भएको बैठक असार २१ गतेसम्म चल्ने  उहाँले जनाउनुभएकाे छ ।

गण्डकी प्रदेशको प्रदेश सभामा बजेट सम्बन्धि छलफल सोमबार देखि संचालन हुने भएको हुदा मन्त्री बराल पोखरा फर्किदै गरेको श्रोतको भनाई छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका