नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए एनसिसिको ज्ञान सम्मेलन तथा साधारण सभामा सहभागी हुन् अमेरिका पुग्नुभएकाे छ ।
उहाँ गत जुलाई २ का दिन शनिबार डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पुग्नुभएकाे हाे । उहाँ भर्जिनियाबाट नर्थ क्यारोलाइना रातीमा पुग्दा उहाँलाई आयोजकहरुले स्वागत गर्नुभएकाे थियाे ।
अमेरिकाको र्रयाले शहर स्थित मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न ११औँ वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेनको लागि महामन्त्री शर्मा जानुभएकाे हाे।
यस पटक उहाँको उपस्थितिले निकै महत्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ । गैर आवासीय नेपाली संघले उठान गरेको गैर आवासीय नागरिकता लगायत बिषयमा उहाँको भनाई र विचारहरु सुन्न सहभागीहरु आतुर रहनुभएकाे छ ।
नेपालमा आगामी निर्वाचन र संसदमा अड्किएर बसेको गैर आवासीय नेपाली नागरिकताले पूर्णता प्राप्त गर्ने सबैको ध्यान त्यस तर्फ गएको छ भने नेपाली कांग्रेसले पनि उक्त बिषयमा सकारात्मक कदम चाली रहेको छ ।
दुई दिनसम्म चल्ने कार्यक्रममा महामन्त्री शर्मा प्रमुख अतिथि रहनुहुनेछ छन् । कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको संदेश समेत प्रस्तुत गरिने छ।