बिदेशमा रहेका नेपालीको पीडा समेटिएकाे गीत 'छोराछोरी बिदेशी भूमिमा' • Nepal's Trusted Digital Newspaperबिदेशमा रहेका नेपालीको पीडा समेटिएकाे गीत 'छोराछोरी बिदेशी भूमिमा' • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • बिदेशमा रहेका नेपालीको पीडा समेटिएकाे गीत ‘छोराछोरी बिदेशी भूमिमा’

बिदेशमा रहेका नेपालीको पीडा समेटिएकाे गीत ‘छोराछोरी बिदेशी भूमिमा’

  • समाचारपाटी
  • आइतवार, असार १९, २०७९
बिदेशमा रहेका नेपालीको पीडा समेटिएकाे गीत ‘छोराछोरी बिदेशी भूमिमा’

काठमान्डौं । चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी बिदेशी भूमिमा को भिडियो यतिबेला दर्शकमाझ ल्याउनुभएकाे छ । आफु ७ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएकाे सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेख्नुभएकाे छ ।

गीतलाई बाल कलाकार जेनिस उप्रेतीले गाउनुभएकाे हाे । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ । यो गीतको भिडियोलाई उहाँले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गर्नुभएकाे छ । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरिएको छ ।

गीतबारे निर्देशक तथा गीतकार सुमन दाहालले भन्नुभयाे,‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरुले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’

मुलत यो गीतमा छोराछोरी बिदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै बिदेशमै रहेकाहरुको नानीबाबु र उनीहरुको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकाश सुवेदीको प्राविधिक सहयोग, उत्सब उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ । भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो ।

भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उनीहरुलाई त्यहाँ रहेका बालबालिकाहरु सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोईराला, दर्शना कोईराला र फ्लोरिशा तिमल्सिनाले साथ दिनुभएकाे छ ।

https://www.youtube.com/watch?v=U3iA4h991lE

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका