५३ जना कोराना संक्रमित थपिए,२० जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper५३ जना कोराना संक्रमित थपिए,२० जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ५३ जना कोराना संक्रमित थपिए,२० जना कोरोना संक्रमण मुक्त

५३ जना कोराना संक्रमित थपिए,२० जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • आइतवार, असार १९, २०७९
५३ जना कोराना संक्रमित थपिए,२० जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ५३ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय ६२ जनाकाे पिसिआर परीक्षण गर्दा ३९ जना र ९ सय ५८ जनाकाे एनटिजेन परीक्षण गर्दा १४ जना गरी ५३ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ३ सय ३३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

४७ हजार ४४ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर कोरोना संक्रमण मुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ५ सय १६ जना पुगेका छन् ।

२ हजार १ सय २० जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका