पोखरामा सह चालक विनै गाडीभाडा संकलन • Nepal's Trusted Digital Newspaperपोखरामा सह चालक विनै गाडीभाडा संकलन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा सह चालक विनै गाडीभाडा संकलन

पोखरामा सह चालक विनै गाडीभाडा संकलन

  • समाचारपाटी
  • आइतवार, असार १९, २०७९
पोखरामा सह चालक विनै गाडीभाडा संकलन

कास्कीको पोखरामहानगरपालिका भित्र चल्ने पोखरा यातायात प्रा.लि.को ग १ ख ३८३८ नम्बरको बस रुट अनुसार पोखरा महानगरपालिका भित्र संञ्चालन हुन्छ । उक्त बस महानगर पालिकामा सञ्चालन भएको करिब १२ वर्ष विति सक्यो ।
bus pokhara 2
सो बसका मालिक तथा सवारीचालक कृष्ण प्रसाद पौडेलले यस भन्दा अगाडी उक्त गाडीमा मासिक तलब भत्ता दिएर सहचालकलाई ११ वर्ष सम्म राखी गाडी सञ्चालनमा ल्याए हाल आएर उनलाई श्रमिकको खाँचो पर्याे र उनले श्रमिक पनि नराखेको भने होइन तर वैदेशिक रोजगारीको मोहले लामो समय सम्म सहचालक नबस्ने र हरेक पटक नयाँ राख्दा भाडा दर थाहा नहुदाँ गाडी भाडा उठाउनमा सधै जसो समस्या आई परेपछि उनले नयाँ उपाय निकाले र पहिलो पटक पोखरामा आफु बस्ने सिट नजिकै एक टोखरी राखीदिए र गाडी भाडा त्यहि राख्न यात्रुलाई आग्रह गरे यात्रुले उक्त बसमा चढेपछि यात्रामा लागेको भाडा टोकरीमा राखिदिन्छन् र साट्नु पर्ने भए पनि उनिहरुले नै त्यहि रहेको खुल्ला पैसा कतिहो त्यो लिएर जाने गरेका छन् ।

सुरुसुरुमा केही अलमल जस्तो भएतापनि अहिले भने कृणप्रसादको बानी बसी सकेको छ र उनले यात्रु भरिसके पछि ढोका आफै बन्द गर्न मिल्लने आइडोलिक सिस्टम राखेको छन् र यात्रु भरिएपछि आफै बन्द गरि जाने गरेका छन् । यसले गर्दा यात्रुलाई पनि सहज भएको सहचालकसँग भाडादरमा हुने वादविवाद पनि अन्त्य भएको र उक्त सवारी साधनमा चढे पछि सभ्य नागरिकको पहिचान पनि भल्कने उनले बताए । उनी यस भन्दा अगाडी पनि विभिन्न खाडी मुलुकहरुमा करिब १० वर्ष ड्राइभर गरि स्वदेश फर्किएपछि पनि आफ्नो सीप र दक्षतालाई सदुपयोग गरेका छन् । अहिले कृष्ण प्रसादले सहचालक राख्दाको समयमा भन्दा यसरी कमाई बढी भएको पनि बताए । यात्रु दामोदर पौडेलले आफु प्रायः यो सवारी साधनमा चढ्ने गरेको र टोकरीमा पैसा राख्ने र निकाल्ने तरिका आफुलाई सहज र छिटो भएको पनि बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका