गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ६५ दिने सहायक सुचिकार  तालिम सम्पन्न • Nepal's Trusted Digital Newspaperगण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ६५ दिने सहायक सुचिकार  तालिम सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ६५ दिने सहायक सुचिकार  तालिम सम्पन्न

गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ६५ दिने सहायक सुचिकार  तालिम सम्पन्न

  • समाचारपाटी
  • आइतवार, असार १९, २०७९
गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ६५ दिने सहायक सुचिकार  तालिम सम्पन्न

पाेखरा । पोखरा महानगरले संचालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ६५ दिने सहायक सुचिकार  तालिम सम्पन्न भएकाे छ ।

पोखरा महानगरपालिका वडा न २५, हेम्जा राधाकृष्ण मन्दिरको सभा हलमा ६५ दिने सहायक सुचिकार (Assistant Tailoring) तालिमको १८ गते एक कार्यक्रमका बीच समापन भएको हाे ।

शिक्षालयको स्वीकृत पाठ्यक्रममको अधिनमा रही ३९० घण्टा सम्म संचालन गर्ने तालिममा २० जना सहभागी रहेका थिए । राधाकृष्ण उद्यम सहकारीकी अध्यक्ष इन्दिरा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा न २५, वडा अध्यक्ष मोतीराम
तिमिल्सिना, शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना, तालिम व्यवस्थापक सन्तोष शर्मा, प्रशिक्षक सोचना के सी र शान्ता बानिया लगाएत तालिमका सहभागीहरुको उपस्थिति रहेको थियो ।

स्थानीय उत्पादनलाइ बढुवा दिदै स्वरोजगारीका अवसर सृजना गर्ने गराउने उद्देश्यले सिपमुलक तालिम संचालन गर्दै आएको शिक्षालयले विद्यालय शिक्षा एसइ इ अध्ययन पश्चातको तिन बर्षे इन्जिनियरिंग तर्फको डिप्लोमा कोर्ष समेत संचालन गर्दै आएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको स्वीकृत बजेट तथा कार्यक्रम र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा ३ महिने मोटरसाइकल रिपेयरिंग तालिम, ECD सहजकर्ता तालिम, कपडाका चप्पल बनाउने तालिम, कपडाका झोला बनाउने तालिम, स्थानीय बाजा बजाउने तालिम, प्लम्बिंग तह एकका तालिम संचालन भइरहेका छन, जुन तालिममा छनौट भएका सहभागीहरुलाई कुनै शुल्क लाग्ने छैन, तालिममा प्रयोग हुने सामाग्री पूर्ण व्यवस्थापन गरीनेछ भने ३९० घन्टे तालिमको हकमा सिप परिक्षण परिक्षा अनिवार्य गरिएको छ ।

सिप सिकिसकेपछी आत्मनिर्भर बनाउनको लागि पोखरा महानगरपालिका उपप्रमुखसंग महिला कार्यक्रम, पोखरा उद्योग बाणिज्य संघ, पश्चिमान्चल अटोमोवाइल डिलर्स एशाेसिएसन, बुटिक एशाेसिएसन लगायतका संघ सस्था संग समझदारी गरिएको छ ।

राधाकृष्ण उद्यम सहकारीकी अध्यक्ष कोषाध्यक्ष बिष्णु कुमारी अधिकारीले स्वागत गर्नुभएकाे  थियाे । कार्यक्रमको संचालन गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधीकारीले गर्नुभएकाे थियाे । कार्यक्रममा सहभागी सबै जनालाई कार्यक्रमका प्रमुख अतिथि श्री मोतीराम तिमिल्सिनाले तालिम संम्पन्न प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा न २५, वडा अध्यक्ष मोतीराम तिमिल्सिनाले तालिममा सिप सिकेर उद्यमी बन्न चाहना हुने हरुका लागि वडाले पूर्ण रुपमा सहयोग र समन्वय गर्ने कुरामा जोड दिनु भयो । साथै अबका दिनमा समयानुकुल आवश्यक पर्ने तालिमहरु समेत संचालन गर्ने कुरामा सहभागीहरुलाइ बिश्वस्त पार्नु भयो ।

१२३४ scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका